तनहुँका अधिकारीलाई शक्ति पुरस्कार

आर्दश अनलाइन, बागलुङ
रण स्मृती पुरस्कार संस्थाको ३१ औं वार्षिक उत्सवको अवसरमा साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कार समर्पण गरीएको छ । बागलुङमा आयोजित एक कार्यक्रमका बिच उक्त पुरस्कार प्रदान गरिएको हो ।

शक्ति बहादुर खड्काले आफ्नो बुबाको चिर स्मृतीको अवसरमा रण स्मृती पुरस्कार संस्था बि सं २०५० साल देखि हरेक वर्ष स्मृति दिवसको अवसरमा यो पुरस्कार प्रदान गर्दै आइरहेको संस्थाका सदस्य सचिव भोज बहादुर खड्काले जानकारी बताउनुभयो ।र

कार्यक्रमका अध्यक्ष तथा पुरस्कारका संस्थापक सदस्य बागलुङ नगपालिका उपप्रमुख राजु खड्काले सहित्यको क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिने र आकाश अधिकारी ज्युलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

पुरस्कृत व्यक्तित्वको परिचय राख्दै भीम रानाभाट मोफसलमा रहेर साहित्यको क्षेत्रमा क्रियाशील आकाश अधिकारीले संस्थागत रूपमा विभिन्न गतिविधि सञ्चालन गरेर आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व आकाश अधिकारीले आफ्नो योगदानको कदर स्वरूप प्राप्त पुरस्कारले हौसला साथै थप जिम्मेबारी बोध भएको बताउनुभयो । अधिकारीलाई रु. ८ हजार नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण गर्दै प्रमुख अतिथि बागलुङ नगपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले भानुभक्त आचार्य अध्ययन गर्न बागलुङ आउनुभएको किम्बदन्ती सुनाउँदै यस क्षेत्रमा भाषा साहित्यको खानी रहेको हुँदा साहित्यिक गतिविधि बिस्तार गर्न पहल गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बाग्लुङ जिल्लामा अध्यनरत कक्षा ८ मा उत्कृष्ट बिधार्थीहरु रण बहादुर थापा र सितल बि.कलाई दुई÷दुई हजारका दरले पुरस्कार दिइएको थियो भने एसइईमा उत्कृष्ट विद्यार्थी सुवास शर्मा र सिम्रन जिसीलाई तीन/तीन हजारले सम्मान गरिएको थियो । कृपा पौडेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन भोज वहादुर खड्काले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *