सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा घर्तिमगर


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले समर्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन बागलुङको अगुवा भेला तथा अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।

भेलाले प्रेम बहादुर घर्ति मगरको अध्यक्षतामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन बागलुङ गठन गरेको छ ।

समिितका सचिवमा शर्मिला पौडेल, सहसचिव राम बहादुर खत्री, कोषाध्यक्षमा प्रेम बहादुर कार्की तथा सदस्यहरुमा ओम बहादुर पौडेल, चन्द्र बहादुर खत्री, शिव कुँवर, दुर्गा बहादुर कुँवर, जित बहादुर कार्की, याम बहादुर कुँर, याम बहादुर रोका, लाल बहादुर कुँवर र घम बहादुर घर्ति मगर रहनु भएको छ ।

यस्तै समितिको सल्लाहकारमा गोविन्द शर्मा आचार्य, टेक बहादुर रोका, सम्मर बहादुर केसी र हिम बहादुर भण्डारी रहनु भएको छ । संगठनका कार्यवाहक अध्यक्ष गोविन्द शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शेर बहादुर क्षेत्री (जि.सी.) र एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *