गलकोटको मल्ममा श्रद्धाञ्जली सभा


आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारीले गलकोट नगरपालिका वडा नं ७ मल्ममा पुगेर श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

आदर्श सञ्चार सहकारीका शेयर सदस्य तथा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालका पुजनिय पिता तथा शेयर सदस्य शान्ति अधिकारी चोखालका ससुरा बुबा गलककोट नगरपालिका–७ मल्म निवासी रत्न बहादुर चोखालको निधन भएको सातौ दिनको पुण्य श्रद्धान्जली सभा र राहत हस्तान्तरण गरिएको थियो ।

परिवारका सदस्य विर बहादुर चोखाललाई आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष ललिता थापाले शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने राहत रकम बापत रु. १० हजार हस्तान्तरण गर्नुभएको थियो ।

उक्त श्रद्धान्जली शभामा होटल व्यवसायी संघ गण्डकी प्रदेश, होटल व्यवसायी संघ नवलपुर, तनहुँ, बागलुङ, गोर्खा, पृथ्वी होटल व्यवसायी संघ कास्की, गलकोट सेवा समाज बागलुङ मिलीजुली महिला कृषक समुह, चोखाल बन्धु समाज, पुवार खड्का जनकल्याण गुठी लगायतका विभिन्न संघ संस्थाहरु समेत सहभागी रहेका थिए ।

शोक सभामा बोल्ने वक्ताहरुले स्वः चोखालले समाजमा पु¥याएको योगदानकोे प्रशंसा गर्दै स्वर्गिय चोखालको दिवङ्गत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवाजनमा समवेदना प्रकट गरेका थिए । स्वर्गिय चोखालको गत भदौ १४ गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *