चिल्ड्रेन लाईफ बोर्डिङका कक्षा १० का विद्यार्थीद्वारा जेष्ठ नागरिकलाई सम्मान

बागलुङ नगरपालिका वडा नम्बर १ स्थित चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका सामाजिक अध्ययन कक्षा १० को युवा रेडक्रस सर्कलका विद्यार्थीको आयोजनामा जेष्ठ नागरिक सम्मान तथा अन्तरिक्रया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्माले समाजमा विध्यार्थीलाई भविष्यका कर्णाधार मात्र नभएर एउटा सामाजिक र सैद्वान्तिक बनाउने शिक्षाको मूल उदेश्य रहेको बताउनुभयो । उहाँले वैदशिक रोजगारका लागि दैनिक विदेशीने कारणले भविष्यमा जेष्ठ नागरिक मात्र हुनेहुँदा विद्यार्थीलाई परिवार, समाजप्रति अहम भुमिका निर्वाह गर्न आव्हान गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठ, सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङका अध्यक्ष डिल्लीराज उपाध्याय, जेष्ठ नागरिक कृष्णराज शर्मा, मालिका सेवा समाज बागलुङका अध्यक्ष जीवननाथ शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीका ७ जना अभिभावक एंव जेष्ठ नागरिकलाई सम्मान–पत्र, दोसल्ला प्रदान गरि सम्मान गरिएको थियो । सम्मान हुनेमा कृष्णराज शर्मा, दिलबहादुर पुन, जगत बहादुर गौतम, भिमबहादुर खड्का, बम बहादुर श्रेष्ठ, लक्ष्मी शर्मा, कर्ण बहादुर बोहोरा रहनुभएको छ ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीद्वारा तयार पारिएको विभिन्न सामाजिक तथा जेष्ठ नागरिक प्रति विद्यार्थीको भूमिका विषयक प्रस्तुतीकरण बारेमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रम कक्षा १० मा अध्ययनरत विद्यार्थी अपेक्षा श्रेष्ठको अध्यक्षता, विद्यार्थी अन्किता शर्माको स्वागत तथा विद्यार्थी आईश्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल गुणस्तर व्यवस्थापन प्रमाणिकरणको अन्तराष्ट्रिय चिन्ह प्राप्त गरेको साविकको धौलागिरी अञ्चलकै उत्कृष्ट विद्मालयको रुपमा परिचित छ ।

वि.सं २०५६ सालमा स्थापना भएको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको छ । विद्यार्थीको सिकाई उपलब्धीमा सिर्जनशील तरिकाले विद्यार्थीलाई व्यवहार, अनुशासन, समसामयिक विषयवस्तुमा पनि विशेष ध्यानपुर्वक पढाइने गर्दछ ।

हालसम्म चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा १५०९ जना विद्यार्थी र १७० जना भन्दा बढी शिक्षक र कर्मचारी रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज श्रेष्ठले जानकारी दिनुभयो । अहिले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *