किताब हराएको विद्यार्थी

शिवशरण ज्ञवाली

‘सर गुडमर्निङ् !’
बाटाको दाहिनेपट्टिबाट यस्तो आवाज सुनेपछि म फनक्क दायाँतिर फर्कन्छु । म फर्केसँगै उनका र मेरा आँखा जुध्न पुग्छन् । ‘सरी सर ! गुड आफ्टरनुन !’ उनी नरोकिकन बोलें, ‘सर ! स्कुल पढ्दा नमस्कार छाडेर गुड मर्निङ् र आफ्टरनुन सिकियो । यो भन्न त घडी पो हेर्नु पर्दो रहेछ ।’
उनले मज्जाले व्यङ्ग्य कसें । उनले अंग्रेजी अभिवादन गर्दा दिउँसाको साढे बार बज्दै थियो । मनमनले भन्यो, ‘हो त नि हामीले जस्तो सिकायौँ । तिमीहरु त्यस्तै सिक्यौँ । आफ्नै सजिलो नमस्कार हामीलाई कहाँ पच्यो र ?’ तर मुखले भने, ‘बाबु ! तिमी यहाँ पो छौँ ?’ उनले जवाफ दिएँ, ‘हो त सर । बागलुङ छाडेपछि म बुटबल आइपुगें ।’ मैले सोधें, ‘व्यापारमा हो ?’

उनले जवाफ दिएँ, ‘हो सर । पढ्न सकिएन । व्यापारतिर लागियो ।’ औद्योगिक शहर बुटबल भदौ याममा पनि ३५ डिग्री तापक्रम खप्दै थियो । बाहिरको तातो हावामा म पसिना चुहाउँदै हिडिरहेको थिएँ । किन काँधमा मानिसहरु कपडा राखेर हिड्छन् भन्ने कुरा रुमालले बुझाउँदै थियो । नरिवल पानी र आइसक्रिमले पनि ज्यानलाई शीतल बनाएको थिएन । उनैले भित्रबाट बोलाएँ, ‘भित्र आउनुस् न सर । भित्र शीतल छ ।’

भित्र छिर्दा छुट्टै आनन्द थियो । शीतल ! मुखबाट फुत्कियो, ‘कताबाट यस्तो शीतल ?’ उनले जवाफ दिदैं भने, ‘एसी चलिरहेछ ।’

मैले मनको कुरा उनीसँग बाँडे, ‘तपाईंले त्यो साँझ बाइक बनाएर मलाई घर पठाएको मैले कहिल्यै बिर्सन्न । तर बागलुङको काठेखोलामा पनि धेरै पानी बगिसक्यो । तपाईंले जस्तै मैले पनि बागलुङ छाडें ।’

उनले मैले बागलुङ छाडेको कुरा फेसबुकमा देखेर थाहा पाएको बताए । फेसबुक सक्रिय नहुँदैमा सबै कुरा थाहा नहुने हुँदैन । बागलुङे हुनाको नाताले उनले एउटा कुरा सोधिहालें, ‘सर बागलुङले माया त दियो नि है !’

मैले जवाफ दिएँ, ‘मैले भन्न सक्दिन । दुःख परेका बेला मुखले चेपारो घसेपनि माया गरेको खासै आभास भेटिदैन । सायद मैले चाकडी गर्न जानिन । त्यसैले सोचेजति माया पाइन ।’ कुरा गर्दै गर्दा उनले हामी बुढाबुढीका लागि दुई वटा इस्प्राइट मगाए । मैले उनलाई सोधें, ‘व्यवासाय कस्तो छ त ?’ सन्तोषपूर्वक उनले जवाफ दिए, ‘म अत्यन्त सफल छु । मेरो कथा नै फरक भयो सर ।’

उनी बोल्दै गए । मैले कहिल्यै माया पाइन । न त परिवारबाट न समाजबाट न त स्कुलबाट नै । लोफर अर्थात म सबैभन्दा नजान्ने विद्यार्थी सधैँभरी । मैले कहिल्यै बदल्न सकिन आफूलाई पढाइमा । खै किनकिन रुचि नै लागेन पढ्न ?

सानोमा बाबा विदेश हुनुहुन्थ्यो । मम्मी काममा जानुहुन्थ्यो । घर आएर मलाई खाजा ख्वाउने मान्छे नै थिएन । पढाउने मान्छे नै पाइन । सानामा नपढेपछि पछि पढ्न गारो पो हुँदो रहेछ । सरले पनि मलाई नजान्ने विद्यार्थीकै रुपमा चिन्नुभयो है ?

तर म सरहरुसँग कहिल्यै रिसाइन् । हाँसेरै जितें । पढ्नभन्दा मलाई खेल खेल्न्, बजारमा घुम्न बढी मन पथ्र्यो । साथीहरुसँग रमाइलो गर्न बहुत आनन्द आउँथ्यो । स्कुलमा होमवर्क गर्नैपर्ने । गरिदिन्थे ।

होमवर्क यसो साथीहरुसँगबाट सारसुर पा¥यो सक्यो । जब पढ्ने बेला आउँथ्यो तब मेरो कापी हराउँथ्यो । किताब हराउँथ्यो । किताब भेटिइ हाले पनि होमवर्क कुन थियो भन्ने थाहै हुन्थ्यो । हिसाब भनेपछि मलाई पिसाब नै आउँथ्यो ।

कलम हराइरहन्थ्यो । नहराएको दिन कि त कलमको निम भाँचिन्थ्यो कि त कलमको मसी सकिन्थ्यो । कापी पनि त्यस्तै हुन्थ्यो । कहिल्यै कुनै कापी सही ठाउँमा हुँदैनथ्यो । नेपाली विषयको कापी भेटिए अंग्रेजीको कापी भेटिदैनथ्यो । अंग्रेजीको भेटिए सामाजिकको भेटिदैनथ्यो ।

एवं रीतले चल्दै जान्थ्यो । पढ्न थाल्यो, भोक लाग्थ्यो । पढ्न थाल्यो, नुहाउन मन लाग्थ्यो । साथीभाइलाई सम्झन मन लाग्थ्यो । फोन गर्न मन लाग्थ्यो । भेट्न जान मन लाग्थ्यो । तिर्खा लाग्थ्यो । जब पढ्न छाड्थे तब कुनै कुरा याद आउँदैनथ्यो । अर्को कुरा स्कुलका ती होमवर्क मेरो जीवनमा कहिल्यै खासै काम लागेनन् । मलाई ती होमवर्क गर्ने कहिल्यै जाँगर चलेन । ती त मैले सरहरुका लागि गरिदिएको । सरहरुलाई पनि कति धेरै चासो र ?

पढ्न नजानेकोले म समाजमा निकै घुलमिल हुन्थे । त्यो अनपढको अभाव पूरा गर्थे कि ? कसैका बिहे पूजाआजा परे भने मैले निकै काम गर्थे । शारीरिक काम गर्दा मलाई निकै आनन्द आउँथ्यो । बिहे भोजमा मैले खाना पकाउनेदेखि भाँडा माम्झेसम्मका सबै काम गर्थे ।

मेरो सबैले प्रशंसा गर्थे । मलाई धन्यवाद पनि दिन्थे । त्यसरी धन्यवाद पाउँदा मलाई आनन्द पनि आउँथ्यो । कोही बिरामी प¥यो भने म सबैभन्दा अगाडि सरेर काम गर्थे । पैसा नभए पैसाको बन्दोबस्त मिलाउँथे । गरिब भए चन्दा बटुल्थे । तिर्न सक्ने भए रिन खोजिदिन्थे । मलाई सबैले पत्याउँथे । त्यसरी पत्याउँदा मेरो आत्मबल बढ्थ्यो । उपचार गर्न लैजान कोही नभए अस्पतालसम्म आफै पु¥याउँथे । अन्य क्षेत्रमा मलाई सबैले प्रशंसा गर्थे । तर पढाइमा ?

पढाइमा त म जिरो ? सबैले भन्थे, ‘के गरी खाला यसले ?’ घरको अवस्था पो कहाँ राम्रो थियो र ? बा आमाले हामीलाई सकीनसकी बोर्डिङ स्कुल पढाउनुभएको थियो । बोर्डिङ पढाउनुमा हाम्रो पढाइभन्दा उहाँहरुको इज्ज
तले महत्व राख्थ्यो । समाजमा इज्जत जोगाइराख्नु पनि बढो मुस्किलको कुरा रहेछ ।
उनी भन्दै गए म सुन्दै गएँ । सर मेरो छोराले मलाई सोसल विषय नेपालीमा पढ्नुपर्ने कुरा बतायो । मलाई लाग्यो, ‘यो देशमा कुन अर्धपागल आएछ ? जसले सामाजिक विषयलाई नेपालीमा पढाउन पर्ने बनाएछ ।’

भाषालाई हामी कहाँ माया गर्छौँ र ? हामी त हीनतामा पो बाँचिरहेका छौँ । हामीले छिमेकी चीन देख्दैनौँ । जापान, कोरिया, जर्मन, रुस आदिआदिले आफ्नै भाषाबाट उन्नति गरेको देख्दैनाँै । त्यो सामाजिक कसरी नेपालीमा पढाउन थालिए होला ?

हाम्रै देशमा पनि कोरियन, जापनीज भाषा पाँच सात महिना सिकेको कुरा हामीले थाहा पाएर पनि थाहा पाउँदैनौँ । हामीलाई उही पुरानै जडसूत्रवादी अंग्रेजी शिक्षा महत्वको छ । यसले मानिसहरुलाई धुल्न सहयोग पुगेको छ । जागिरेहरुलाई जागिर खान सहयोग पुगेको छ । दश वर्ष पढाउँदा पनि अंग्रेजी सिकाउन सकिएन । मैले पो कहाँ सिकें र ? तर त्यो पनि किन चाहिदो रहेछ र सबैलाई । बरु गणित जान्नुपर्दो रहेछ सर । सामान्य गणितमा मैले दश वर्षमा प्रशस्त सम्पति कमाइसके ।

हजूर सर ! म त बराइलिए छु । येनकेन दश पास गरे पनि मैले बार पढ्न सकिन । त्यतिकै छाडेर काठेखोलामा मोटरसाइकल वर्कसप खोलेर बस्दा हजूरसँग भेट भयो । हजूरले नचिने पनि मैले चिनेथे नि त्यतिबेला । त्यो मोटरसाइकल बनाउन मैले त्यतिकै सिकें ।

कसैले सिकाउनै परेन । म बस्ने घर पछाडि थुपै्र वर्षदेखि फालिएको एउटा थोत्रो मोटरसाइकलाई मैले तन्दुरुस्त बनाएको थियो । तर त्यो त चल्दैनथ्यो । त्यसपछि मैले छिमेकी दाइको एकदिन हावा खुस्किएको मोटरसाइकलको पाङ्ग्रामा बल खेल्ने पम्पले हावा भरिदिएँ । दुई चार दिनपछि बिग्रिएको वायरिङको तार बनाइदिएँ । घर अगाडिको वर्कसपमा दाइहरुले काम गरिरहेको म हेर्थे । त्यसैगरी सिकें ।

पहिले काठेखोलामा वर्कसप खोलें । नयाँ बाटो भएकाले ग्राहक बढ्दै थिए । तर संयोगले मेरी श्रीमतीसँग संयोगले भेट भयो, बजारबाट गाडीमा काठेखोला जाँदै गर्दा । त्यो प्रेमको सुरुवात थियो । त्यसैले मलाई यहाँसम्म ल्याइपु¥यायो ।

उनी गुल्मीको तम्घास र बुटवल पुगेकी रहिछन् । उनले मलाई बुटबलका बारेमा बताइन् । त्यसपछि म बुटबल घुम्न आएँ । मैले काठेखोलाको वर्कसप बुटबल सार्ने निर्णय गरें । मसँग लगानी गर्ने पैसा पनि थिएन । तर तँ आँट म पु¥याउँछु भनेझैं मैले सानोतिनो रिन धन गरेर बुटबलमा वर्कसप खोलें । सुरुमा एकजना साथीसँग मिलेर खोलेको थिएँ । मुनाफामा गएको तीन वर्षपछि ऊ व्यापारका लागि आफ्नो अंश लिएर नेपालगन्ज गयो । मैले यो वर्कसपलाई आफ्नो बनाएँ ।

सुरुका दिन निकै संघर्षपूर्ण थिए, तर काठेखोलाको अनुभवले काम ग¥यो । जति संघर्ष भए पनि हामी आतिएनौँ । पढ्न कमजोर भएकाले हामीसँग सामाजिक भावना थियो । त्यो भावना बुटबलमा निकै काम लाग्यो । व्यापारमा पनि निकै मद्दत ग¥यो ।

मेरो घरतिर फर्केर आशा गर्ने कोही पनि थिएन । मैले बिहे गरेकी श्रीमतीको माइतको आर्थिक अवस्था निकै कमजोर थियो । तर तम्घास र बुटबलमा एकाध पटक दुखसुखकै क्रममा आइपुगेकी रहिछन् । उनैले डो¥याएर यहाँ ल्याइपु¥याइन् ।

अहिले मेरो वर्कसपमा सात आठ कामदार छन् । मलाई के दुख छ र ? साहु बनेर बसेको छु । घरजग्गा जोडिसकेको छु । दश वर्षमा मेरो जीवनमा धेरै परिवर्तन आइसक्यो । मलाई हिसाब गर्न क्याकुलेटर चाहिदैंन । फेल भएर के हुँदो रहेछ र ? फेल हुनु पनि पढ्नु रहेछ नि । मैले फेल भएर नै पढें । फेल भएर नै सिकें । दुईचार अक्षर सिकें ।

सयमा सय सबैले ल्याउनुपर्दो रहेछन । ए प्लस पनि चाहिदो रहेनछ । माइनस डिमा पनि मेरो जीवन सुखपूर्ण छ । तर त्यो सामाजिक चेतना चाहिं सबैभन्दा महत्वपूर्ण सिकाइ रहेछ मेरो । त्यसैले म सफल भइरहेको छु ।

आजकाल मैले मेरो सानो छोरालाई स्कुल पठाउँछु । थोरै पढाइदिए हुँदो हो भन्ने लाग्छ, सर म्याडमहरुले । उसलाई मैले धेरै नम्बर चाहिदैन भन्ने सिकाउनेछु । डाक्टर इन्जिनियर पाइलट बन्न पनि आधा नम्बर ल्याए पनि पुग्छ होला हैन सर ? अनि मैले सयको चक्करमा किन लाग्नु ? छोरालाई मैले सयको चक्कर लगाउन्न । यसले त हाम्रो टाउकै खाइदिन्छ ।
इस्प्राइट आधा सकिएको थियो । मैले मनमनले भने, ‘पढ्न नसक्ने भनेर यसलाई मैले कहिल्यै गाली त गरिन ?’ थकथकी पनि लाग्यो । मनमनले ‘सरी’ भने पनि मुखले भन्न गारै भयो । बिदा माग्दै मैले भने, ‘ल त भाइ ! मेरो त घर ससुराल सबै बुटबल नै हो । आइराख्छु । भेट्दै गरौँला ।’

बसिरहेको सिटबाट जुरुक्क उठेर उनले दुई हात जोडें । मैले जोडिएका हात समातेर भने, ‘तपाईं आफ्नो रुचिको काममा सफल हुनुभयो । यही हो पीएचडी पनि । म त अझै सफल छैन । तपाईसँग भेट भएर खुशी लाग्यो ।’

उनको स्कुटरको ह्यानडिल मैले समातें । बुटबल भैरहवाका फराकिला सडकमा म कसरी कुदेर शंकरपुर आइपुगें । मलाई नै याद भएन । मैले यो केटोलाई ‘पढिनस्’ भनेर गाली गरें कि गरिन ? यही कुरा मात्रै मनमा खेल्यो । साइड लाइट नबालीकन बाटो काट्दा पछि आउने कारले गाली पो ग¥यो । अनि बल्ल म होसमा आइपुगें । एक मनमा आफूजस्तै असफल विद्यार्थी भेटेकोमा खुशी पनि लाग्यो । अर्को मनमा थकथकी पनि ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *