पत्रकार महासंघ म्याग्दीलाई प्रतिष्ठानको सहयोग

आदर्श अनलाइन, म्याग्दी
नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा पत्रकार महासंघलाई नगद १० हजार रुपैयाँ सहयोग गरेको हो ।

सहयोग रकम प्रतिष्ठानका अध्यक्ष धु्रव जिसीले महासंघका अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । प्रतिष्ठानले सञ्चार क्षेत्रमा कार्यरत साथीहरुले आफ्नो कार्यालय भवन निर्माण गर्दै गरेको अवस्थामा भवन मर्मत कार्यमा थोरै भए पनि सहयोग पुगोस भनेर सहयोग स्वरुप नगद प्रदान गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीले बताउनुभयो ।

लोक तथा दोहोरी गित मात्रै नभएर बाध्यबादन, गित तथा नृत्य जस्ता सांगितिक क्षेत्रको उचित प्रसार एवम् सम्बद्र्धनमा सहयोगी मानिएको सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष जिसीले आगामी दिनहरुमा पनि कलाकार तथा पत्रकारहरुको सहकार्य हुनुपर्ने बताउनुभयो ।

सहयोग रकम ग्रहण गर्दै अध्यक्ष पौडेलले भवन मर्मत प्रयोजनका लागि आर्थिक सहयोग गरेकोमा प्रतिष्ठान म्याग्दी परिवारलाई आभार प्रकट गर्नुभयो । महासंघले बेनी नगरपालिका वडा नम्वर ७ स्थित बेनी नगरपालिकाको नाममा रहेको पुरानो भवनलाई मर्मत गरि वार्षिक रुपमा भाडा तिर्ने गरि कार्यालय संचालन गरेको छ ।

पुरानो भवन प्लास्टर, रंगरोगन, चौतारी, गेट निर्माण तथा फुलबारी निर्माण गर्ने कार्यमा करिव ५ लाख रुपैया खर्च हुने पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष अमित विश्वकर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *