अन्तर माध्यमिक विद्यालय स्तरीय खुल्ला महिला फुटबल शुरु

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय खुल्ला महिला फुटबल प्रतियोगिता शुरु भएको छ । न्यू दोभान युवा क्लव बेनीले आयोजना गरेको ९–ए साइड फुटबल प्रतियोगितामा म्याग्दी तथा बागलुङका गरी १० माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछानेले महिलाहरुमा भएको खेल प्रतिभाको उजागर गर्न प्रतियोगिताहरु हुनु पर्ने बताउनुभयो । विद्यालय स्तरबाटै हुने खेलकुदले भविष्य कोर्न र आफ्नो लगाब थाहा पाउन पनि सहज हुने उहाँको भनाई थियो । विद्यालय स्तरीय खेलकुदबाटै पाइला चालेका खेलाडी नै भोली राष्ट्रिय टिमबाट खेल्ने उहाँको भनाई थियो ।

प्रतियोगिताको पहिलो चरण अन्तरगतको खेलमा बेनी सामुदायिक विद्यालयले बेनी बोर्डीङलाई ९–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा प्रकाश माध्यमिक विद्यालय बेनीले ओएसिस स्कुल बागलुङलाई ८–० गोल अन्तरले पराजित ग¥यो । जनप्रिय माध्यमिक विद्यालय मालिका गाउँपालिका–६ दरवाङले ३–० गोल अन्तरले गलेश्वर आदर्श बोर्डीङ स्कुल गलेश्वरलाई पराजित ग¥यो भने बालमन्दिर माध्यमिक विद्यालय बेनीलाई ५–० गोल अन्तरले पराजित गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयले दोश्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा पहिलो हुनेले ४५ हजार रुपियाँ र दोश्रो हुनेले २५ हजार रुपियाँ नगद, मेडल र ट्रफि प्राप्त गर्ने क्लबका अध्यक्ष उपेन्द्र गिरीले बताउनुभयो । उहाँका अनुसार अनुसासित टिमलाई पाँच हजार रुपियाँ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही तीनतीन हजार रुपियाँका दरले नगद सहित ट्रफि प्रदान गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *