‘सरकारले न्याय दिन नसके संघर्ष समितिले दिन्छ’

आदर्श अनलाइन, बागलुङ
इमेज सहकारी पीडित संघर्ष समितिका सचिव याम बहादुर पोखरेलले सहकारीका सञ्चालकले हिनामिना गरेको रकम राज्यले बचतकर्तालाई फिर्ता दिलाउन नसके संघर्ष समितिले संघर्ष गरेरै भए पनि न्याय दिलाउने बताउनु भएको छ ।

आइतबार बागलुङमा संघर्ष समितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले जनप्रतिनिधि र नागरिक अभियान्ता हुँ भन्नेहरुबाट पछिल्लो समय सहकारीका पीडितहरु थप पीडामा परेको बताउनुभयो ।

‘सरकार, जनप्रतिनिधि र नागरिक समाज सबै मिलेर पीडितलाई सहयोग गर्नुपर्ने ठाउँमा उल्दै पीडा थप्ने कार्य गरेको पाइयो,’ पोखरेलले भन्नुभयो ‘नेपालमा नियम र कानुनको भरमा मात्र न्याय प्राप्त गरेको उदाहारण न्यून छन्, सरकारले न्याय दिन सकेन भने संघर्षबाट भएपनि न्याय प्राप्त गरि छाड्छौं ।’

संघर्ष समितिका अध्यक्ष डिल बहादुर कार्कीले बैठकका निर्णय प्रेस विज्ञप्तीद्वारा सार्वजनिक गर्दै बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मण केसी (सनी) केसीको प्रश्न र भष्ट्रचार विरुद्धको नागरिक अभियान बागलुङका सदस्य संगक केसीको जवाफले सहकारीका बचत पीडितहरु थप मर्माहत भएको भन्दै भत्र्सना गर्दै संगम केसीलाई कारबाही गर्न माग गरिएको छ ।

भदौ २२ गते शुक्रबार बागलुङ बजारमा आयोजना गरिएको भष्ट्रचारी विरुद्ध नागरिक अभियान कार्यक्रममा वडा अध्यक्ष केसीले इमेज सहकारीका अध्यक्ष देव कुमार नेपालीको नाममा रहेको भौतिक संरचनाको भाडाका विषयमा प्रश्न उठाउनु भएको थियो । उहाँले उठाएको प्रश्नमाथी भष्ट्रचार विरुद्धका अभियानका सदस्य संगम केसीले दिएको जवाफ आम बचतकर्ताको अहितमा भएको भन्दै केसीलाई तत्काल अभियानको सदस्यबाट हटाउन समेत माग गरिएको छ ।

नागरिक अभियान्ता हुँ भन्दै केही समय पहिले बागलुङ नगरपालिकाले निर्माण गरेको पीच बाटोमा गैची बेल्चा लिएर भत्काउने कार्य गरि भाइरल बन्न खोज्दा प्रशासनले सार्वजनिक रुपमा मौखिक र लिखित माफी मगाएको मान्छे नैतीक रुपमा पतन भएको भन्दै प्रेस विज्ञप्तीमा त्यो व्यक्ति नागरिक अभियान्ता हुनै नसक्ने उल्लेख गरिएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपाली जेठ ५ गतेबाट सम्पर्क विहिन छन् । सहकारीका बचतकर्ताको डेढ अर्व बढी रकम हिनामिना गरेर परिवार सहित सम्पर्क विहिन बनेका नेपालीको खोजि गरि बचतकर्ताको रकम फिर्ता गराउन माग गर्दै संघर्ष समितिले दवाब मुलक कार्यक्रम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *