आलु प्रवर्द्धन गर्न तमानखोलामा ‘आलु महोत्सव’

डम्मर बुढा मगर, बागलुङ
बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु आउत्पानमा उर्वर मानिन्छ । खास गरि तमानखोला गाउँपालिका–३ तमान गाउँ र ४ को लाम्मेला क्षेत्रमा वर्षेनी लाखौँको आलु उत्पादन हुन्छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन भएको छ । आलु प्रर्वद्धन र बजारीकरणका लागि गाउँपालिकाले आलु महोत्सव आयोजना गरेको छ ।

तमानखोला गाउँपालिकाले आगामी असोज १ देखि ४ गतेसम्म वडा नम्बर ४ को लाम्मेलामा आलु महोत्सव गर्न थालेको हो । कृषकलाई बजारसँग जोड्न उत्पादनलाई थप बढाउनका लागि आलु महोत्सवले टेवा पुग्ने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । पर्यटकीय क्षेत्र सोलेडाँडाका काखमा अवस्थित लाम्मेलामा आयोजना गरिएको महोत्सवले कृषकलाई आलु उत्पादन गर्न तर्फ थप आकर्षित गर्ने उहाँको भनाइ छ ।

अहिलेसम्म लाम्मेलाको आलुले बजार नपाउँदा किसान मर्कामा पर्ने गरेको भन्दै महोत्सवले तमानखोलाको आलु देशका विभिन्न सहरहरुमा पुग्ने वातावरण सिर्जना गर्ने अध्यक्ष बुढा मगर बताउनुहुन्छ । वर्षौँदेखि तमानखोलाका किसनाले हजारौँ रोपनी जग्गामा आलु आउत्पादन गर्दै आएको भन्दै उनीहरुलाई गाउँपालिकाले पनि अनुदान र प्राविधिक सहयोग गर्दै आएको बुढा मगरको भनाइ छ ।

“हाम्रो पालिकाको तमान, लाम्मेला, नर्जाखानी लगायतका थुप्रै गाउँमा आलु उत्पादन हुन्छ, तर बजारमा भने भारतबाट आएका विषदीयुक्त आलु विक्री हुन्छन्, अब बाहिरबाट आउने आलुलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रोहोत्सान गर्नका लागि तमानखोलामा पहिलो पटक आलु महोत्सव गर्दै छौँ,” अध्यक्ष बुढा मगरले भन्नुभयो – “महोत्सवले यहाँको आलुको प्रचार हुने छ, तमानखोलाको आलु एउटा ब्राण्ड बन्ने छ, कृषकलाई उत्पादनमा प्रोहोत्सान गर्ने र आयआर्जनको राम्रो माध्यम बनाउने उद्देश्य लिएका छौँ ।”

महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रद्धर्शन गरिने छ भने आलुबाट बनाइएका परिकारका स्टल राखिने छ । तनमाखोलाका विभिन्न वडामा हाल आलु पकेट क्षेत्र घोषणा गरि किसान उत्पादन वृद्धि गर्नसमेत लागेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *