प्रमुख प्रशासकीय अधिकृतलाई ताराखोला गाउँपालिकाले हाजिर गर्न दिएन

आदर्श अनलाइन, बागलुङ
बागलुङको ताराखोला गाउँपालिकाले सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाएको छ । सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेलाई गाउँपालिकाले फिर्ता गरेको हो ।

पाण्डेलाई भदौ ४ गते मन्त्रालयले ताराखोलामा सरुवा गरेको गरेको थियो । भदौ २६ गते हाजिर हुन ताराखोला आउनु भएका पाण्डेलाई गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले हाजिर नगराई फिर्ता पठाउनु भएको हो । नयाँ हाकिमलाई किन हाजिर नगराई फिर्ता पठाउनु भयो ? भन्ने आदर्श सञ्चारको प्रश्नमा अध्यक्ष विकले सबैलाई किन भन्नु प¥यो भन्दै फोन काट्नु भयो ।

गैरजिम्मेवार जवाफ दिने अध्यक्ष विकले अन्य कुरा गर्नै मान्नु भएन । गाउँपालिकाले अघिल्लो वर्षको असार महिनादेखि प्रकाश गैरेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवार दिँदै आएको छ । मन्त्रालयबाट सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले गाउँपालिकाले हाजिर नगराएपछि अहिले काठमाडौँ फर्किएको बताउनुभयो ।

अधिकृत पाण्डेले भन्नुभयो – “मन्त्रालयले भदौ ४ गते ताराखोला सरुवा गरेको थियो, म २६ गते हाजिर हुन गाउँपालिका गएको थिए, हाजिर हुन नदिएपछि काठमाडौँ फर्किएको छु, अब यतै मन्त्रालय तिर हुन्छ होला ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *