बर्षाका कारण काठेखोलामा राष्ट्रपति रनिङ शिल्ड स्थगित

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिकामा आज मंगलबारदेखि हुने भनिएको गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ ।

बर्षाका कारण गाउँपालिका स्तरिय छनोट प्रतियोगिता स्थगित गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।
सबै तयारी पुरा भए पनि मंगलबार बिहानैदेखि परेको बर्षाले प्रतिकुल मौसमका कारण प्रतियोगिता अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि स्थगित गरिएको प्रतियोगिताका संयोजक टिकासंगम बिकले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *