धम्जामा हरितालिका तीज मेला

आदर्श अनलाइन, बागलुङ

“ सहमती, सहकार्य र एकता माझकटेराको पहिचान, कला, संस्कृति, खेलकुद र विकास हाम्रो अभियान” भन्ने मूल नाराका साथ गौंथली सामुदायिक विकास केन्द्र, काठेखोला–३, धम्जा, बागलुङको आयोजनामा हरितालिका तीज मेलाको शुरु भएको छ ।

कार्यक्रम उद्घाटन केन्द्रका विशिष्ट चन्दादाता सम्मर बहादुर भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षक गोविन्द बहादुर भण्डारी, गौंथली सामुदायिक विकास केन्द्रका पूर्व अध्यक्ष धन बहादुर भण्डारी, शिव बहादुर भण्डारी, समाजसेवी सुवेदार महेन्द्र खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

.कार्यक्रम गौंथली सामुदायिक विकास केन्द्रका अध्यक्ष तिलक बहादुर खड्काको अध्यक्षता, क्लवका सचिव सन्तोष भण्डारीको स्वागत, सचिव गणेश खड्का र सदस्य देवेन्द्र खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

भलिबलको पहिलो खेलमा नमूना अफसेट प्रेस र गौथंली सामुदायिक विकास केन्द्र विच भएको उक्त खेलमा नमुना अफसेट प्रेस बाग्लुङ विजयी भएका छ । त्यस्तै अर्को खेल आदर्श युवा क्लब र गौथंली सामुदायिक विकास केन्द्र विच भएको उक्त खेलमा गौथंली सामुदायिक विकास केन्द्र विजयी भएको केन्द्रका अध्यक्ष तिलक बहादुर खड्काले जानकारी दिनुभयो ।

भदौ २७ शुरु भएको उक्त तीज मेला असोज १ गतेसम्म संचालन हुने छ । मेलामा साविक वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, प्रौड भलिबल प्रतियोगिता, महिला तिज गीत प्रतियोगिता, महिला लठो तान्ने प्रतियोगिता, महिला म्युजिकल चियर प्रतियोगिता र खुल्ला पुरुष भाले छुने प्रतियोगिता सञ्चालन भईरहेको मेलाका कार्यक्रम संयोजक शिव खड्काले जानकारी दिनुभयो ।

साथै मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने गौथली सामुदायिक विकास केन्द्र बागलुङका कोषाध्यक्ष सन्तोश भण्डारीले बताउनुभयो । गौंथली सामुदायिक विकास केन्द्र, धम्जा बागलुङले प्रत्येक वर्ष विभिन्न सामाजिक तथा सिर्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *