रुग्ण बन्दै बागलुङका एक दर्जन ठूला आयोजना


खेमराज गौतम, बागलुङ

बागलुङमा अहिले सञ्चालनमा रहेका ठूला विकासे आयोजनाहरु समयमै सम्पन्न भएको भए विकासले अर्कै मुहार फेरिन्थ्यो ।

जिल्लामा पछिल्लो सयम योजना ल्याउने होडबाजी चलिरहेकै समयमा योजना कार्यान्वयनमा भने निराशाजनक अवस्था देखिएको छ ।

जिल्लामा सञ्चालित एक दर्जन बढी ठूला आयोजना रुग्ण भएका छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङ देखि घोडाबाँधे खण्ड निर्माण शुरु भएको आठ वर्षमा सम्पन्न हुन सकेको छैन ।

२०७२ सालमा दुई वर्षमा सक्ने गरी भएको ठेक्का सम्झौता पाँच पटक सम्म म्याद थप गर्दा समेत सम्पन्न हुँन नसकेको हो । मध्यपहाडी लोकमार्ग मात्रै हैन ढोरपाटन सालझण्डी सडक, कालीगण्डकी करीडोर र गण्डकी प्रदेश अन्र्तगतका पाँच ठूला सडकहरु अहिले निर्माणमा ढिलाई भएका छन् ।

जिल्लामा सञ्चालित नगरखानेपानी लिफ्ट आयोजना देखि पालिकाका सिंहदरबार सम्मका भवन निर्माणमा ढिलाई भइरहेको छ । पछिल्लो समय अस्पताल जस्तो सम्बेदनशिल क्षेत्रका भवनहरु समेत समयमै निर्माण सम्पन्न हुन नसक्नु बागलुङका लागि लज्जा बोध भएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताउनुभयो ।

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी–एससिएफ–इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेपनि अहिले सम्म अझै सडक सम्पन्न हुँन नसकेको हो । २५ किमि सडकको दुई खण्ड मध्ये १२ किमि सडकमा अझै पूर्वाधार निर्माण गर्न बाँकी रहेको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालप पर्वतका इन्जिनियर पवन सुवेदीका अनुसार उपल्लो खण्ड बिहुँ घोडाबाधेको १२ किमि सडकको ठेक्का तोडेर नयाँ प्रकृयामा जान लागिएको र तल्लो खण्ड बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडकको अन्तिम पटक म्याद थप्ने तयारी भइरहेको बताउनुभयो ।

सुवेदीका अनुसार सार्वजनिक खरिद ऐनको १२ औं संसोधन अनुसार अन्तिम पटक म्याद थप्ने तयारी भइरहेको र सडकमा निर्माण कार्यले समेत तिब्रता पाएको बताउनुभयो । अहिले उक्त खण्डको बाँकी काम सक्नका लागि ३० जना मजदुर परिचालन भइरहेको बताउनुभयो ।

यस्तै धौलागिरी अस्पतालको भवन निर्माण सम्पन्न भएर समेत हस्तान्तरण नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । २०७१ सालमा ठेक्का सम्झौता भएको भवन ९ वर्षमा निर्माण सकिएपनि भुक्तानी प्रकृयामा भएको ढिलाइले हस्तान्तरण नहुँदा सेवा प्रभावहमा समस्या भइरहेको धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रवि रन्जन प्रधानले जानकारी दिनुभयो । यस्तै बागलुङमा गण्डकी प्रदेश सरकारका ५ वटा ठूला सडक मध्ये एउटा सडकमात्रै सम्पन्नताको चरणमा पुगेको छ । बाँकी चारवटा सडकहरु म्याद मात्रै थपिरहेका छ ।

बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक अहिले अलपत्र जस्तै छ । उक्त सडक दुई वर्ष पहिलै कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता भएकोमा अहिले सम्म पूर्वाधारको काम समेत सम्पन्न भएको छैन । पूर्वाधार विकास कार्यालय बागलुङ अन्र्तगत कुश्मिसेरा राङ्खानी सडक जस्ता अन्य तीन सडकको हालत समेत उस्तै छ ।

गलकोटको हटिया देखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुले देखि मालिका हुँदै पन्चकोट पुग्ने सडक र ढोरपाटन देखि म्याग्दी जोड्ने सडक अहिले अलपत्र अवस्थामा रहेका छन् । निर्माण व्यवसायीको चरम लापरवाहीका कारण वर्षौ देखि उक्त सडकहरु म्याद मात्रै थप्दै आइरहेका छन् ।

सडक आयोजना मात्रै हैन रु. ३४ करोडको बागलुङ नगर लिफ्ट खानेपानी आयोजनाले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काइ जयमाता जेबीले निर्माणको जिम्मा लिएको लिफ्ट आयोजना चार पटक म्याद थप्ने प्रकृयामा छ ।

उक्त आयोजानको परिक्षण समेत असफल भइसकेको छ । यस्तै बागलुङ नगरपालिकाको रु. १८ करोड लागतको १५ शैयाको अस्पताल भवन, जैमिनी नगरपालिकाको प्रमुख प्रशासकीय भवन र गलकोट नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा समेत ढिलाई भइरहेको छ । अहिले तीन वटा भवनको निर्माणको अन्तिम चरणमा आउनुपर्ने समयमा पहिलो तला ढलान गरिएको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले स्थानीय तहको आयोजनाको तुलनामा संघ र प्रदेशका आयोजनाको गती सुस्त रहेको बताउनुहुनछ । उहाँले विकास निर्माणका लागि योजना मागमा जस्तो ध्यान दिइन्छ त्यस्तो ध्यान कार्यान्वयनमा नदेखिएको स्विकार गर्नुभयो ।

“जिल्लाका एक दर्जन ठूला आयोजनाको प्रत्यक्ष अवलोकन गरेको छु, निर्माण कत्रै अलपत्र छ कतै निकै ढिलासुस्तीका साथ भइरहेका छन्, प्रदेशका ५ वटा ठूला सडक र मध्यपहाडी लोकमार्ग सकड कालोपत्रे हुने हो भने बागलुङ जिल्लाकै मुख्य सडक कालोपत्रे भइसक्नेछन्, विकासले मुहार फेर्नेछ” थापाले भन्नुभयो “उक्त रुग्ण आयोजनाको हामीले मात्रै अनुगमन गरेर भएन, संघ र प्रदेशको आयोजनाको अनुगमन र निर्माण कार्य फितलो छ ।” सालझण्डी ढोरपाटन सडक र कालीगण्डकी करिडोर समेत कालोपत्रे भइसक्दा बागलुङका सबै मुख्य सडक कालोपत्रे भइसक्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *