संविधान दिवसको अवसरमा गलेश्वरमा सरसफाई


आदर्श अनलाइन, म्याग्दी

संविधान दिवसका अवसरमा मंगलबार पवित्र धार्मिक स्थल गलेश्वरधाम क्षेत्रमा सरसफाई गरीएको छ ।

संविधान दिवस–२०८० लाई हर्षोल्लासपूवक मनाउनका लागि असोज २, ३ र ४ गते तीन दिन सम्म मनाउने कार्यक्रम अनुरुप पवित्र धार्मिक स्थल गलेश्वर धाम मन्दिर र आसपासका क्षेत्रमा सरसफाई गरिएको हो ।

जिल्ला स्थित मुल समारोह समितिले गरेको निर्णय बमोजिम मन्दिर सरसफाइ गरिएको मुल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति म्याग्दीका संयोजक राजकुमार थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘आज मन्दिर सरसफाइ तथा अन्य कार्यालय एवम् सार्वजनिक महत्वका स्थलहरुमा सरसफाइ भएको छ भोली ३ गते बिहान प्रभातफेरी हुनेछ ।’

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सबै नागरिकलाई घरघरमा दिप प्रज्वलन गर्न आग्रह गरीएको छ भने सबै कार्यालयहरुले पनि दिप प्रज्वलन गरेर संविधान दिवस मनाइने छ । संघिय सरकार र प्रदेश सरकारले समेत संविधान दिवस मनाउन पत्राचार समेत गरेकोले निर्देशन अनुसारका कार्यहरु पनि सबै हुने उहाँको भनाई थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *