बागलुङमा मनाइयो संविधान दिवस


आदर्श अनलाइन, बागलुङ

संविधान दिवस–२०८० बागलुङमा एक कार्यक्रम गरी मनाईको छ । जिल्ला समन्वय समितिका प्रमुख एव्म संविधान दिवस मुल समारोह समितिका संयोजकको नेतृत्वमा बुधबार बिहान बागलुङ बजारबाट निकालिएको प्रभातफेरी कार्यक्रम रामरेखाको शहिदपार्कमा पुगेर कोणसभामा परिणत गरिएको थियो ।

शहिद पार्कमा आयोजना गरिएको कोणसभाका अवसरमा बोल्ने वक्ताहरुले संविधानको मुल मर्म र भावनाअनुसार राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उहाँहरुले संविधा निर्माण ठूलो उपलव्धी रहेपनि कार्यान्वयनमा धेरै काम बाँकी रहेको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य चम्पादेवि खड्काले संविधान निर्माण महत्वपूर्ण उपलव्धी भएको भन्दै कार्यान्वयन र व्यबहारिकतामा बढी जोड दिन आवश्यक रहेको बताउनुभयो । यस्तै संविधानसभा सदस्य नर बहादुर थापाले संविधानले परिकल्पना गरेका धेरै लक्ष्य पुरा गर्न बाँकी रहेको बताउदै राज्यले संविधानको पूर्ण कार्यान्यनमा ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढा, गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदी, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ लगायतले संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँहरुले संविधानसभाबाट जारी भएको संविधानको पूर्ण कार्यान्वयन साथै नागरिकको अधिकारको पनि प्रत्याभुत हुनु पर्ने जोड दिनुभएको थियो । संविधान दिवसको अवसरमा बागलुङमा तीन दिन सम्म विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको अध्यक्षता, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको स्वागत मन्तव्य तथा विष्णु प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । प्रभातफेरीमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, आमा समूह, टोल विकास समिति, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *