मरेपिपलमा भत्कियो घर, छिमेकीको आश्रयमा परिवार


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–१ मरेपिपलमा वर्षाका कारण एक घर भत्केर पूर्ण क्षति पुगेको छ ।
नाली निर्माणको क्रममा खनिएको जगमा अविरल वर्षाको असरले एक घर पूर्ण रुपमा भत्किएर एक परिवार विस्थापित भएको छ ।

नाली निर्माणको क्रममा चर्किएको घर गयरातीको वर्षाका कारण पूर्णरुपमा भत्किएको हो ।
बागलुङ नगरपालिकाले अहिले मरेपिपलमा अतिक्रमण सडकमा भएका संरचना हटाउने तथा सडक बिस्तार गर्ने र नाली निर्माण गर्ने कार्य गरिरहेको छ ।

नाली विस्तारका क्रममा जग खन्नेक्रममा भारी वर्षा भएपछि नालीको पानी घरमा पसेर घर भत्किएको हो । नाली निर्माण गर्दा जोखिममा परेको घर वर्षाको पानीले स्थानीय भगवती सापकोटाको घर भत्किएको हो ।

दुईतले कच्ची घर भत्किपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताउनुभयो । आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बागलुङ नगरपलिकाले घर निर्माणमा सहयोग पु¥याउने आश्वासन दिएको छ ।



बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले भत्किएको घरको स्थलगत अनुगमन गर्नुभएको थियो । खड्काले विपन्न समुदायलाई घर बनाउन विपद् शाखा मार्फत सहयोग गरिरहेको बताउदै सापकोटाको घर निर्माणमा बागलुङ नगरपालिकाको क्षमता अनुसार सहयोग गर्नेगरी कार्यपालिकामा बैठकमा लैजाने बताउनुभयो ।

बागलुङ नगरपालिकाका इन्जिनियर तथा विपद् शाखाका संयोजक गौरव शर्माले नगरपालिकाले नाली विस्तार गर्नेक्रममा कच्ची घरभित्र वर्खाको पानी परेका कारण घर भत्किएको बताउदै क्षतिपूर्तीको मुल्याङकन अनुसार घर बनाउन सहयोग गर्ने बताउनुभयो ।

अहिले सापकोटाको घरबाट पुरियका सामाग्री निकाल्न स्थानीयले सहयोग गरिरहेको बालमन्दिर टोल विकास संस्थाका अध्यक्ष खिमराज सापकोटाले बताउनुभयो । “आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवारलाई घर बनाइदिन आवश्यक छ, टोल विकासको समन्वयमा नगरपालिका र जिल्ला प्रशासनमा निवेदन दिएका छौं” सापकोटाले भन्नुभयो “सापकोटाको घर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।”

सापकोटाका अनुसार टोल विकास संस्था र स्थानीयको सहयोगमा भत्किएको घर पन्छाउने कार्यमा जुटिरहेको बताउनुभयो । सापकोटालाई रेडक्रस मार्फत खाद्यन्न समेत उपलव्ध गराइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *