सकियो कानाबगरमा आयोजित तीज मेला

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिका–४ कानाबगरमा आयोजित तीज मेला सम्पन्न भएको छ । वृहस्पती युवा क्वले आयोजना गरेको तीज मेला शुक्रबार सम्पन्न भएको हो । तीज मेलाका अवसरमा क्लवले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

भदौ ३१ देखि सुरु भएको मेलाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, तीज गीत नृत्य, वृहस्पती आइडल, पुरुष छेलो, महिला छेलो लगायतका प्रतियोगिताहरुको आयोजना गरिएको थियो ।

वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर २ प्रथम र वडा नम्बर ४ द्वितीय भएका थिए । तीज गीत नृत्य प्रतियोगितामा झिम्पा कृषि आमा समुह प्रथम, कारीगाउँ आमा समुह द्वितीय र बोहरागाउँ लिटिलरोज इङ्लिस बोर्डिङ तृतीय भएका थिए ।

वृहस्पती आइडलमा रेशुमा घर्तीको समूह प्रथम, कुसुम खत्री र आशिका आचार्यको समूह द्वितीय र अनिषा घर्ती तृतीय भएको क्लवका निवर्तमान अध्यक्ष भूमिराज आचार्यले जानकारी दिनुभयो । पुरुष छेलोमा तोरण चन्द प्रथम र नारायण सुनार द्वितीय, महिला छेलोमा विपना विक प्रथम र माया विक द्वितीय भएको आचार्यले बताउनुभयो ।

रस्साकस्सा प्रतियोगितामा वडा नम्बर ६ प्रथम र वडा नम्बर ३ द्वितीय भएका थिए । प्रतियोगितामा उत्कृष्ट हुने सबैलाई पुरस्कृत गरिएको उहाँको भनाइ छ । कार्यक्रममा मारुनी नृत्य लगायतका सांस्कृतिक झाँकीहरु प्रद्धर्शन गरिएको थियो । क्लवले झिम्पा मारुनी समुह, जेष्ठ नागरिक र इसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *