जुम्लाका पत्रकार रावतलाई युवा पत्रकारिता पुरस्कार


–आदर्श अनलाइन, जुम्ला
प्रेस काउन्सिल नेपालले यस बर्षको युवा पत्रकारिता पुरस्कार जुम्लाका पत्रकार विजय रावतलाई प्रदान गरेको छ ।

सात बर्षदेखि जुम्लामा बसेर पत्रकारिता क्षेत्रमा सक्रिय रावतलाई प्रेस काउन्सिल नेपालले उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रेस काउन्सिल नेपालको आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार रावतलाई पुरस्कार प्रदान गर्नुभयो ।

रावत जुम्लाको पहिलो दैनिक पत्रिका कर्णाली सरोकार हुदै हिमालय टाइम्स राष्ट्रिय दैनिक र राष्ट्रिय समाचार समितिमा जुम्ला संवाददाता हुनुहुन्छ ।

उहाँ नेपाल पत्रकार महासंघ जुम्ला शाखाका सदस्य हुदै महासंघका केन्द्रीय परिषद् सदस्य समेत हुनुहुन्छ ।

तिला गाउँपालिका–१ रारामा जन्मेका पत्रकार रावत प्रेस सेन्टर जुम्लाका अध्यक्ष समेत हुनुहुन्छ । यो वर्षको प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ । काउन्सिलले सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारमा देशभरका १९ जना पत्रकारलाई प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *