बल्देधूरी हत्या घटनाका फरार दुई प्रतिवादी पक्राउ


आदर्श अनलाइन, बागलुङ
बल्देधूरी हत्या घटनामा कैद फैसला सुनाइएका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

२०७७ फागुनको होली पूर्णीमाको दिन बडिगाड गाउँपालिका–१० बल्देधूरीमा होली खेल्ने क्रममा झडप भई भिरबाट खसालेर दुई जनाको हत्या गरेको मुद्दामा कैद फैसला गरिएका फरार दुई प्रतिवादीदाई प्रहरीले आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले जारी गरेको प्रेस विज्ञप्ती अनुसार जिल्ला अदालत बागलुङले २०७९ पुष २६ गतेको फैसलाले हत्याको पुष्टी गर्दै हत्यामा सम्लग्न १६ जनालाई जन्म कैदको फैसला सुनाएको थियो ।

हत्यामा सम्लग्न भई कैद फैसला सुनाइसकेका दुई युवा हाल सम्म फरार रहेका थिए । फरार अभियुक्त बडिगाड गाउँपालिका–१० का तेजेन्द्र छन्त्याल र सोही स्थानका राज कुमार घर्तीलाई बागलुङ बजारबाट पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत बागलुङमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

छन्त्याललाई २३ वर्ष ८ महिना र घर्तीलाई १५ वर्ष दुई महिना कैद सजाय तोकिएको थियो । २०७७ सालको चैत १५ गते होलीको दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्यूठानको सिमानामा रहेको बल्देधुरीमा लागेको मेलामा सामुहिक झडप भएको थियो ।

स्वतस्फूर्त रूपमा लाग्ने मेलामा रमाउन गएका युवाहरुबीच अबीर लगाएको विषयमा विवादसँगै झडप हुँदा हत्याको घटना भएको हो ।

घटनामा बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो । बडिगाड गाउँपालिका वडा नं. १० का युवाले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरेका थिए ।

तस्बिर : झडपमा मृत्यूभएका कुँवर र परियार

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *