एमाले गण्डकी प्रदेश अधिवेशन : बागलुङबाट ७० जनाप्रतिनिधि

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनका लागि बागलुङबाट ७० जना प्रतिनिधि चयन भएका छन् । असोज १५ र १६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने प्रक्रिया अन्तरगत १० वटै पालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएको एमाले बागलुङका कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटिले प्रदेश भित्रका ८५ वटै पालिकामा प्रतिनिधि चयन गर्नका लागि असोज ६ गते उमेदवारी दर्ताको समय दिएको थियो, असोज ९ गतेसम्म सबै पालिकाबाट प्रतिनिधि चयन गर्ने प्रदेशको सर्कुलर भित्र नै बागलुङका सबै पालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएको थापाले जानकारी दिनुभयो ।

पार्टी सदस्यहरुको सख्याका आधारमा प्रतिनिधि चयन हुने भएकाले पालिकामा रहेका पार्टी सदस्यहरुको संख्याका आधारमा प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको थियो । खुल्ला र दलित सदस्यहरुका आधारमा खुल्लातर्फ १ सय जना बराबर १ जना र दलिततर्फ ६० जना बरोबार एकजना प्रतिनिधि चयन हुने व्यवस्था बमोजिम प्रतिनिधि चयन भएका हुन् ।

खुल्ला र दलितर्फ प्रत्येक ३ जनामा एकजना महिला अनिवार्य र प्रत्येक ७ जनामा १ जना युवा अनिवार्य प्रतिनिधि हुने व्यवस्था गरिएको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । बागलुङ जिल्लाबाट खुल्लातर्फ ५१ जना, दलिततर्फ १८ र मजुदर १ जना गरी ७० जना प्रतिनिधि प्रदेश अधिवेशनमा सहभागी हुदैछन् ।

बागलुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिमा सबै भन्दा बढी बागलुङ नगरपालिकाबाट दलित ३ र खुल्ला १३ गरी १६ जना रहेका छन् । काठेखोला गाउँपालिकाबाट दलित ४ र खुल्ला १० गरी १४ जना, जैमिनी नगरपालिकाबाट दलित २ र खुल्ला ५ गरी ७ जना, बरेङ गाउँपालिकाबाट दलित १ र खुल्ला ४ गरी ५ जना प्रतिनिधि चयन भएका छन् ।

गलकोट नगरपालिकाबाट दलित २ र खुल्ला ३ गरी ५ जना, ताराखोला गाउँपालिकाबाट दलित १ र खुल्ला २ गरी ३ जना, बडिगाड गाउँपालिकाबाट दलित १ र खुल्ला ५ गरी ६ जना, ढोरपाटन नगरपालिकाबाट दलित २ र खुल्ला ४ गरी ६ जना, निसीखोला गाउँपालिकाबाट दलित १ र खुल्ला ३ गरी ४ जना र तमानखोला गाँउपालिकाबाट दलित १ र खुल्ला २ गरी ३ जना प्रतिनिधि चयन भएका छन् । मजदुरतर्फ जिल्ला कमिटिबाट १ जना प्रतिनिधि प्रदेश महाधिवेशनमा प्रतिनिधि हुनेछन् ।

बागलुङ जिल्लाबाट गण्डकी प्रदेश अधिवेशनका लागि सर्वसम्मत चयन भएका प्रतिनिधिहरुको नामावली पालिकागत रुपमा निम्नानुसार रहेका छन् ।

१. बागलुङ नगरपालिका

१. महिला गिता शर्मा
२. महिला भीमा अधिकारी
३. महिला ममतादेवी शर्मा
४. महिला हुमादेवी खड्का
५. दलित महिला सुनिता सोनी विश्वकर्मा
६. दलित धन बहादुर परियार
७. दलित बुद्ध बोहोरा
८. खुल्ला जनक पौडेल
९. खुल्ला नर बहादुर थापा
१०. खुल्ला कृष्ण पाठक
११. खुल्ला शिव सापकोटा
१२. खुल्ला ध्रुव बहादुर केसी
१३. खुल्ला कुमार खड्का
१४. खुल्ला सञ्जय कुमार श्रेष्ठ
१५. खुल्ला राम बहादुर जि.सी.
१६. युवा शेखर खड्का

२. काठेखोला गाउँपालिका

१. महिला हुमा कुमारी जि.सी.(अञ्जु)
२. महिला चित्रकला छन्त्याल श्रीस
३. महिला उजेली शर्मा
४. दलित महिला सम्झना नेपाली चर्मकार
५. दलित कुल बहादुर वि.क.
६. दलित मनोज कुमार वि.क.
७. दलित खड्क बहादुर वि.क.
८. खुल्ला क.हिरा बहादुर के.सी.
९. खुल्ला क.डिल्लीराज गौतम
१०. खुल्ला क.हरिनारायण गौतम
११. खुल्ला क.राम बहादुर जि.सी.
१२. खुल्ला क.टिकाराम सापकोटा
१३. खुल्ला क.डिल बहादुर कार्की
१४. युवा क. प्रेम बहादुर जि.सी.

३. जैमिनी नगरपालिका

१. महिला उषा पौडेल
२. दलित महिला देवी नेपाली
३. दलित डम्बर बहादुर सार्की
४. खुल्ला लिला राना
५. खुल्ला सञ्जाल शर्मा (कृष्ण)
६. खुल्ला देवेन्द्र रेग्मी
७. खुल्ला बद्री ढुंगाना

४. बरेङ गाउँपालिका

१. महिला शोभा थापा
२. दलित ओम बहादुर नेपाली
३. खुल्ला शेर बहादुर खनाल
४. खुल्ला झोम बहादुर थापा
५. खुल्ला प्रदिप थापा

५. ताराखोला गाउँपालिका

१. महिला हेमकली श्रीस
२. दलित खरिमाया वि.क.
३. खुल्ला ऋषिराम रोका

६. गलकोट नगरपालिका

१. महिला मञ्जु चालिसे
२. दलित महिला मनिकर्ण परियार
३. दलित बाबुराम नेपाली
४. खुल्ला तिलक उप्रेती
५. खुल्ला डम्बर श्रीस

७. बडिगाड गाउँपालिका

१. महिला मिन कुमारी रायमाझी
२. महिला विष्णुमाया अर्याल
३. दलित लक्ष्मण बराल
४. खुल्ला सुनिल शेरचन
५. खुल्ला तिर्थमणी भुषाल
६. खुल्ला बसन्त थापा

८. ढोरपाटन नगरपालिका

१. महिला करमती पुन
२. दलित महिला जुना सुनार
३. दलित बीर बहादुर वि.क.
४. खुल्ला टंक पौडेल
५. खुल्ला लक्ष्मण पुन
६. खुल्ला राम प्रसाद आचार्य

९. निसीखोला गाउँपालिका
१. महिला भोटु कुमारी चन्द
२. दलित राम बहादुर वि.क.
३. खुल्ला रुद्र प्रसाद पौडेल
४. खुल्ला अमरसिंह घर्ति मगर

१०. तमानखोला गाउँपालिका
१. महिला ललिता छन्त्याल
२. दलित ओम बहादुर श्रीपाली
३. खुल्ला उदिम बहादुर छन्त्याल

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *