बागलुङमा पहिलोपटक फलफुलको मुल्य निर्धारण


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले पहिलो पटक फलफुलको मुल्य निर्धारण गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले फलफूल व्यवसायी तथा सरोकारवाला सँगको परामर्शपछि फलफुलको खरिद तथा बिक्री मुल्य तोकेको हो ।

जिल्लामा फूलफूलको मुल्य मनपरी भएको गुनासोपछि फलफूलको मूल्य निर्धारण गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख तथा नगर स्तरीय उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काले बातउनुभयो ।

नगरपालिकाले जिल्ला प्रशासन, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च र फलफुल व्यवसायसँग सम्बन्धित संगठनहरुको परामर्शपछि फलफुलको मुल्य तोकेको खड्काले बताउनुभयो । नगरपालिकाले स्याउ र केराको मुल्य निर्धारण गरेको हो । नगरपालिकाले भारतीय केराको मुल्य प्रतिदर्जन रु. १५० तोकेको छ । उक्त केरालाई बागलुङ बजारमा रु. १८० विक्रि गर्दै हुँदै आएको थियो ।

नेपालको तराईमा पाईने केराको बिक्री मुल्य रु.१४० तोकिएको छ । खरिद मुल्य बिल बिजक अनुसार हुने उल्लेख छ । त्यस्तै स्थानीय केरा सानो कोशाको प्रतिदर्जन रु.१२० र स्थानीय केरा ठुलो कोशाको प्रतिदर्जन रु.१५० मुल्य तोकिएको छ । स्थानीय मुरे केराको भने प्रतिगोटा रु. १५ खरिद र रु. २० बिक्री मुल्य तोकिएको छ ।

मुस्ताङको स्याउ ठुलो रातो दानाको मुल्य प्रतिकिलो रु.२५० र रातो सानो दानाको प्रतिकिलो रु.२२० तोकिएको छ । गोल्डेन स्याउको प्रतिकिलो बिक्री मुल्य रु.२४० तोकिएको खड्काले जानकारी दिनुभयो । चिनबाट नेपाली बजारमा आउने फुजी स्याउ ठुलो दानाको रु.३ सय ८० र सानो दानाको रु.३५० मुल्य तोकिएको हो ।

स्याउ चाईनिज डेलीको भने प्रतिकिलो रु.२५० मुल्य तोकिएको छ । समितिले अन्य फलफुलको भने मुल्य तोकिएको छैन् । चाडवार्ड नजिकिएका बेला बजारमा कालोबजारी हुनसक्ने भएकाले तत्कालका बागलुङ बजारमा मुल्यमा गुनासो आएको स्याउ र केराको मुल्य तोकेको बताउदै अन्य फलफूलको मुल्य आवश्यकता अनुसार निर्धारण गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *