कांग्रेस बागलुङले गरायो प्रशासनको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङले जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गराएको छ । चाडपर्वहरु नजिकीदै गर्दा व्यापार, यातायात लगायतका क्षेत्रमा आम उपभोक्ता ठगिने हुँदा अनुगमनलाई चुस्त बनाउनु पर्ने भन्दै प्रशासनको ध्यानकर्षण गराएको हो ।

चाडबाडको समयमा महंगी नियन्त्रण गर्ने, कृतिम अभाव हुन नदिने र सहज आपूर्तिको व्यवस्था मिलाउने, अखाद्य वस्तुको विक्री वितरणमा अनुगमन गरी रोक लगाउने, बजार क्षेत्रबाट ग्रामीण बस्तीसम्म पुग्ने बाटोघाटोहरु मर्मत सम्भारका लागि समन्वय गर्नका लागि कांग्रेस बागलुङले आग्रह गरेको छ ।

यातायात क्षेत्रको अनियमित भाडालाई नियन्त्रण गर्दै यातायात व्यावसायीहरुलाई चेकजाँचको नाममा अनावश्यक दुःख दिने कार्य नगरी नागरिकको हितमा कार्य गर्नको लागि जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षण गराइएको कार्यवाहक अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।

कांग्रेसले प्रमुख जिल्ला अधिकारीको खगेन्द्र प्रसाद रिजाललाई स्वागतसमेत गरेको छ । कांग्रेस बागलुङका कार्यवाहक अध्यक्ष तारानाथ पौडेल, सचिव हरिहर शर्मा लगायतले प्रजिअ रिजाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *