कमल शर्मा फाण्डेशनद्वारा धौलागिरी अस्पताललाई अत्याधुनिक उपकरण सहयोग


आदर्श अनलाइन, बागलुङ


आफ्नो श्रीमानको मृत्युपछि स्थापना गरिएको कमल शर्मा फाउण्डेशनले धौलागिरी अस्पताललाई प्रयोगशालामा प्रयोग आउने अत्याधुनिक उपकरण प्रदान गरेको छ ।

२०७८ सालमा अमेरिकामा क्यान्सर रोगबाट मृत्युहुनुभएका बागलुङको जैदी निवासी कमल शर्माको नाममा उहाँका श्रमिती सरिता शर्माले स्थापना गरेको कमल शर्मा फाउण्डेशनले धौलागिरी अस्पतालको प्रयोगशालामा रगत परिक्षण गर्ने अत्याधुनिक उपकरणको सहयोग गर्नुभएको छ ।

धौलागिरी अस्पतालमा हालसम्म उक्त उपकरण उपलव्ध थिएन ।

धौलागिरी अस्पतालमा विरामीको चाप बढिरहेको र रगत परिक्षणमा धेरै समय लाग्ने भएपछि उक्त उपकरण सहयोग गरिएको सहयोगदाताका आफन्त अखिलनाथ शर्माले बताउनुभयो ।

अस्पतालका अध्यक्ष नारायण प्रसाद शर्मा, मेडिकल सुपरीटेण्डेन्ट डा.रवि रन्जन प्रधानलाई मृतक कमल शर्माका बुबा बद्री प्रसाद शर्मा आमा सरस्वती शर्माले रु. ११ लाख ८७ हजार लागतको रगत परिक्षण उपकरण (हेमाटोलोजी)हस्तान्तरण गर्नुभएको हो ।

बुबा शर्माले छोराको सम्झनामा आफ्नो छोराले जस्तै अन्यले अकालमै ज्यान गुमान नपरोस भनेर छोराको नाममा अस्पताललाई अत्याधुनिक रगत परिक्षण गर्ने उपकरण प्रदान गरिएको छ ।
उक्त उपकरणले रगतको परिक्षण हाल भइरहेको उपकराणले भन्दा तीन गुना द्रुत गतीमा परिक्षण गर्न सकिने उक्त उपकरणको सप्लायर्स केजीआईका इन्जिनियर प्रलात बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतले पाँचवटा प्यारामिटर सहितको रगत परिक्षण गर्ने (केटी–८०)नामक उपकरण एकै पटकमा ९० वटा नमूना परिक्षण गर्न सक्नेछ ।

हाल धौलागिरी अस्पतालमा भने एकै पटकमा ३० वटा मात्रै नमूना परिक्षण गर्ने उपकरण थियो ।
उक्त अत्याधुनिक उपकरण भित्रिएसंगै ल्याबमा लाग्ने बिरामीको भीड कम हुँने धौलागिरी अस्पतालमा मेडिकल सुपरीटेण्डेनट डा. रवि रन्जन प्रधानले जानकारी दिनुभयो ।

एक घण्टामै धेरै रगतको नमूना परिक्षण गर्न सक्ने उपकरणले धौलागिरी अस्पतालमा बढेको बिरामीको चापलाई राहत पुग्ने अस्पतालको भनाई छ । उक्त फाउण्डेशनको नाममा बुटवलका सामुदायिक विद्यालयमा रु. पाँच लाखको छात्रावृति र काठमाडौं स्थित मानव सेवा आश्रमका ८० जानलाई भोजन र नगद सहयोग समेत गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *