हिमपातले ढोरपाटनको पढाई र दैनिकी प्रभावित

हेम बिश्वकर्मा, बुर्तिबाङ

बागलुङ जिल्लाको उपल्लो भागमा बर्षा सहित बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

लगातारको हिमपात र चिसोले ढोरपाटन नगरपालिका वडा नं ९ चिसापानी स्थित ज्योती आधारभुत बिद्यालयको पठन पाठनमा समस्या देखिएको हो ।

फागुन महिनामा मात्रै ३ पटक हिमपात भएपछि आगामी २७ गतेदेखि नगरपालिका भित्र सञ्चालन हुने बार्षिक परिक्षा समेत प्रभावित हुने सम्भावना रहेको बिद्यालयका प्रध्यानाध्यापक चकबहादुर अदैले बताउनुभयो । ढोरपाटन आसपासमा यतिबेला डेढ फिट जति हिउँ जमेको छ । गाँउदेखि बिद्यालयसम्म हिउँ भएको र विद्यार्थी विद्यालय जान सक्ने अबस्था नभएको उहाँको भनाई छ ।

बिद्यालयले पुस १५ देखि फागुन ३ गते सम्म बर्षे बिदा दिएको थियो । अन्य बिद्यालयले बर्षे बिदा दिँदा सो बिद्यालयले भने जाडो बिदा दिदै आएको छ । परिक्षाको समयमा बिद्यार्थीले परिक्षा दिनबाट बञ्चित नहुनका लागि अभिभाकलाई सहयोग गरिदिन बिद्यालयले आग्रह गरेको छ । जाडोयाम सुरु भएसँगै त्यहाँका स्थानिय जाडो छल्न बोबाङ, अधिकारीचौर लगायतका स्थानमा घुम्ती बसाइ सर्ने गर्दछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *