३८ औं मगर दिवस बागलुङमा यस्तो देखियो (हेर्नुस् १० तस्बिर)

दिल शिरीष, बागलुङ

३८ औं मगर दिवस,बागलुङ बजारमा बिहिवार मगर भेषभुषा सहितको बृहत ¥यालीका साथ मनाइएको छ ।

नेपाल मगर सघंको भवन परिसरबाट शुरु भएको ¥यालीले बजार परिक्रमा गरेर बाल उद्यानमा पुगेर बिशेष समारोह गरिएको थियो । नेपाल हाम्रो देश: मगरात हाम्रो घर,सम्पूर्ण मगर एक हौ, पूर्ण समानुपातिक व्यवस्था लागु गर, मगरात स्वायत्त प्रदेश स्थापना गर लगायतका नारा सहित बजार परिक्रमा गरिएको थियो ।

मुख्य समारोहमा बोल्ने वत्ताहरुले राजनीतिक व्यवस्था परिवर्तन भए पनि राज्यमा सबै जातजातिको समान पहुँचको अवस्था हुने बातावरण नबन्नु बिडम्बना भएको बताएका थिए ।

कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष गणेश थापा मगरले मगरको हक अधिकार र पहिचानलाई राज्यले अझै आत्मसाथ गर्न नसकेको बताउनुभयो । बानपा ९ का वडा अध्यक्ष समेत रहनुभएका थापाले राज्यमा अझै एकात्मक प्रणालीको अभ्यास कायमै रहँदा समानुपातिक रुपमा सहभागिता हुन नसकेको बताउनुभयो । उहाँले समानुपातिक सहभागिता नभएसम्म मुलुक सम्मृद्ध बन्न नसक्ने भन्दै हरेक जातजातिलाई राज्यले समेट्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लाङ्घाली परिवारका संस्थापक महासचिव केवी राना मगर, नेपाल मगर संघ बागलुङका सचिव श्याम पुन मगर, नेपाल मगर संघ बागलुङका पूर्व सचिव तथा काठेखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष खडक थापा मगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु आले मगर, नेपाल मत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङका अध्यक्ष संगम घर्ति मगर लगायले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मगर दिवसका अवसरमा म्युजिकल चियर, ठेलो र मुसा हान्ने प्रतियोगिता आयोजना गरिएको थियो ।

म्युजिकल चियर प्रतियोगितामा निर्मला थापा मगर प्रथम, पार्वती थापा मगर द्वितिय र रिता राना मगर तृतिय हुनुभएको छ । ठेलो प्रतियोगितामा बलबहादुर आले मगर प्रथम, बिमल घर्ती मगर द्वितिय र बिश्वास पुन मगर तृतिय हुनुभएको छ ।

कार्यक्रम नेपाल मगर संघ बागलुङ नगर समितिका अध्यक्ष हिराबहादुर थापा मगरको अध्यक्षता, सल्लाहकार सुनमाया पुनको स्वागत, नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति बागलुङका सचिव डम्मर बुढा मगर र सह–सचिव मिना थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *