चार महिनापछि खुले तमानखोलाका सडक

डम्मर बुढा मगर, बागलुङ
वर्षाको कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असार महिनादेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । पहिरोले क्षति पु¥याएका सडक वर्षा रोकिदा बित्तिकै खुलाएर गाडी संचालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका गाउँबाट पालिकाको केन्द्र बोङ्गादोभान आउन समस्या थियो । गाउँपालिकाले सोमबादेखि अवरुद्ध सबै सडक संचालनका लागि मेसिन प्रयोग गरेको छ । खोलामा ढुङ्गा हालेर यातायातका साधान वारपार गर्ने सक्ने बनाएको छ ।

चार महिनापछि सडक संचालन आएपछि स्थानीयमा खुसी छाएको छ । बोङ्गादोभान बजार हुँदै पालिकाका सबै वडामा पुग्नु पर्छ । बोङ्गादोभानकै छेउमा बोङ्गाखोला र तमानखोला बग्ने हुँदा वारपारमा निकै समस्या थियो । वडा नम्बर २ को खोलेस्बाङबाहेक सबै वडामा पुग्न खोला पार गर्नु पर्ने हुँदा वर्षातका चार महिना सिधा यातायात हुन सकेन । बोङ्गाखोलामा मोटरेवल पुल निर्माण हुन थालेको वर्षौँ बितिसक्दा पनि अहिलेसम्म काम नसकिदा यात्रुले सास्ती खेप्नु परेको छ । बोङ्गाखोलामा पुल बने वडा नम्बर ३ को तमान र ४ को लाम्मेलाबाहेक अन्य वडामा बर्खामा पनि सिधा याताया संचालन हुन सक्थे ।

दुई वर्ष अगाडिसम्म बुर्तिबाङबजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो । ढोरपाटन नगरपालिका–४ हुद्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेका छन् । अहिले पालिकाको केन्द्रदेखि वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा याताया सञ्चालन हुन सक्दैन । वडा नम्बर ३ को तमान गाउँ र लाम्मेला बुर्तिबाङदेखि खुङ्खा हुँदै सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैन । करिब चार महिना सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य समान ढुवानी तथा यात्रा गर्न निकै समस्या भोग्नु परेको स्थानीय शेरबहादुर सिर्पालीले बताउनुभयो ।

तमानखोला गाउँपालिका–५ का सिर्पालीले गाउँको सडक निकै साँघुरो र अप्ठ्रायो रहेको भन्दै हिउँदमा जसोतजो गाडी चले पनि बर्खामा ठप्प हुने गरेको बताउनुभयो । सडकले गाउँमा नजोडिँदा हिँडेरै बजार पुग्ने र सामान बोकेरै ल्याउने गरेको सुनाउँदै अहिले सडक आएर पनि अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नु पर्ने अवस्था रहेको सिर्पालीले गुनासो पोख्नुभयो । पहिले गाउँमा नुन, चामल ल्याउनु परे घोडा खच्चडको प्रयोग गरेको भन्दै गाउँ सडकले जोडिएपछि घोडाखच्च विस्थापित हुँदा मान्छेलेनै बोक्नु परेको उहाँको भनाइ छ ।

“गाउँमा सडक आयो अब त भारी बोक्न नपर्ला, टाढा–टढा जाँदा गाडीमै चडेर जान पाइएला भनेका थियौँ तर बर्खामा त्यो सुविधा पाएनौँ, त्यस बोल अहिलेको जस्तो यस्तो ठूला–ठूला सडक थिएनन्, साना गोरेटो बाटोमा हिँड्थ्यौँ, घोडाखच्चड पनि तिनै बाटोमा हिँड्थे,” सिर्पालीले भन्नुभयो – “टाढा जानु प¥यो भने घोडा चढेर जान्थ्योँ, अहिले गाडी घरमै पुगेका छन्, तर बर्खामा चल्दैनन् ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे, भारी मान्छेलेनै बोक्नु प¥यो ।”

तमानखोला गाउँपालिका–६ नर्जाखानी सबैभन्दा टाढाको वडा हो । बोङ्गादोभानदेखि नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँचवटा मोटरेबल पुलको आवश्यक पर्छ । वडा नम्बर ५ को खुङ्खानी तीन, पहिरा तीन वटा, स्याउला र हिजा पुग्न एउटा पुल तर्नु पर्छ । अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन् । स्थानीय तिलबहादुर घर्तीले बर्खामा गाडी नचल्दा बिरामीलाई अस्पताल पु¥याउन र सामान ढुवानी गर्न सबैभन्दा बढी समस्या हुने गरेको बताउनुभयो । यहाँका धेरै गाउँ खोलाहरु पार गरेपछि मात्रै पुग्न सकिने हुँदा अहिलेसम्म एउटा पनि बन्न नसकेको घर्तीको गुनासो छ ।

उहाँले भन्नुभयो – ‘अहिले खोलामा पानी घरटेको छ, गाउँपालिकाले त्यही भएर होला डजोर लगाएर गाडी चलाउन थालेको छ, असारको पहिलो सातादेखि खोलामा गाडी तर्न छोडेको, खोला बढेर आएपछि गाडी पनि वारीको वारी, पारीको पारि भएका थिए, हिँजोबाट अलिअलि चल्न थालेका छन्, महिनौँपछि गाउँमा गाडी आउँदा पनि खुसी लाग्दो रैछ, बर्खाको समयमा दुर्गम गाउँमा मान्छेले निकै दुःख पायौँ, राज्यले हाम्रो दुःख, समस्या कहिले देखेर पुल बनाउला ?”

तमानखोलाका अध्यक्ष जोकलला बुढा मगरले चाडवाड नजिकिएसँगै अवरुद्ध संडक संचालन गर्न थालेको बताउनुभयो । खोलामा पानीको बहाव पनि केही कम भएको हुँदा यातायातका साधान संचालन हुने गरि सडक खुलाउन थालेको उहाँको भनाइ छ । बोङ्खानीखोलामा दुई वर्ष अगाडिदेखि पुल निर्माण गर्न थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको छैन । यो पुल पनेको भए पालिकाका अधिकांश वडामा बर्खामा पनि यातायातका साधान संचालन हुने अध्यक्ष बुढा मगरले बताउनुभयो । निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा तमानखोलाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाइ छ ।

नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङनीघाट, खुङ्गानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेल पुल आवश्यक परे पनि अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनाउन नसकिएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । बर्खाका लागि स्थानीयले हिउँदमै सामान खरिद गरेर राख्नु पर्ने अवस्था रहेको भन्दै हिउँदमा खरिद गरेर राखेको सामानको म्याद बर्खा भरिमा गुज्रिस सक्ने उहाँले बताउनुभयो । त्यही समान स्थानीयले उपभोग गर्दा बिरामीसमेत पर्ने गरेको बुढा मगरको भनाइ छ । वडा नम्बर ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमईघाट र शेर्माखोला घाटमा पुल आवश्यक भए पन यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नम्बर २ को बोङ्गानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्गानीघाटमा मोटरेबल पुल आवश्यक पर्ने उनको भनाइ छ ।

“तमानखोलामा धेरै खोलाहरु छन्, एक गाउँदेखि अर्को गाउँसम्म पुग्न खोला तर्नु पर्छ, सबै ठाउँमा मोटरबाटो त पुरायौँ तर मोटरेवल पुल निर्माण गर्न सकेको छैनौँ, एउटै पुल निर्माण गर्न करोडौँ बजेट लाग्छ, त्यो बजेट पालिकासँग हुँदैन” अध्यक्ष बुढा मगरले भन्नुभयो – “धेरै पुल निर्माण गर्नु पर्ने छ, माथिल्लो सरकारसँगनै माग गर्नु पर्छ, माथिल्लो निकायबाट सहयोग भयो भने पुल बनाउन सहज हुने थियो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *