हटियामा करेन्ट लागेर एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका – ३ हटियामा संचालित गलकोट ग्रिल उद्योगमा कार्यरत सुर्खेतका ४४ वर्षीय प्रेम बहादुर कामीको मृत्यु भएको हो ।

शुक्रबार १२ बजेको ग्रिल उद्योगमा ईलेक्ट्रिक ड्रिल मेशिनले सटर प्वाँल पार्ने क्रममा करेन्ट लागेर अचेत अवस्थामा रहेका कामीको ईमरजेन्सी पोलिक्लिनिक हटियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

कामीको उपचारको क्रममा दिउँसो करिव साढे १ बजेको समयमा मृत्यु भएको उहाँको भनाइ छ । कामीको शवलाई अहिले पोष्टमार्टमको लागि गलकोट नगर अस्पतालमा लगिएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *