धवलागिरि क्याम्पसमा पुस्तक विमोचन तथा डकुमेन्ट्री प्रर्दशन

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले धवलागिरि बहुमुखी क्याम्पस धौलागिरी क्षेत्रको अग्रणी संस्था भएको हुँदा यसको विकासका लागि संघ सरकारले मात्रै नभएर प्रदेश र स्थानीय सरकारले ध्यान पुराउनु पर्ने बताउनुभएको छ ।

स्नातक वाणिज्य अध्ययन (बिबिएस) चौथो वर्ष २०७९ का विद्यार्थीले प्रकाशन गरेको ‘अन्नपूर्ण पदयात्र’ पुस्तकको विमोचन तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै आफू प्रदेश तहमा रहेको हुँदा क्याम्पसलाई व्यवस्थित र शैक्षिक हबका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय यस अध्ययन अनुसन्धानको क्षेत्रमा धवलागिरि क्याम्पस अब्बल बन्दै गएको उहाँको भनाइ छ ।

No description available.

बिबिएस चौथो वर्ष २०७९ का विद्यार्थी अन्नपूर्ण बेस क्याम्पमा पुगेर ठकुमेन्ट्रीसँगै पुस्तकसमेत प्रकाश गरेका छन् । कार्यक्रममा पुस्तकको टिप्पणी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले गर्नु भएको थियो । सो अवसरमा पदयात्रमा गएका विद्यार्थी राम थापा र पूजा शर्माले यात्रा अनुभूति सुनाएका थिए ।

निर्वतमान स्ववियु सभापति मनबहादुर थापा (मनिष) ले अध्ययन अवलोकन भ्रमण तथा पुस्तक र डकुमेन्ट्रीका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य जगन्नाथ आचार्य, क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, प्रध्यापक संघका सभापति भक्तिराम न्यौपाने, व्यवस्थापन विभागका प्रमुख ध्रवराज गौतम, स्वतन्त्र विद्यार्थी युनिय धवलागिरि बहुमुखी क्याम्पसका सभापति सुदीप सागर कँडेल र पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले मन्तव्य राखेका थिए ।

कार्यक्रम अध्ययन अवलोकन संयोजक सृष्टि आचार्यको अध्यक्षता, सदस्य तारा केसीको स्वागत र रविना कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *