एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मालाई ‘डायस्पोरा बिजिनेस अवार्ड’

आदर्श अनलाइन, काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार शर्मा (आर.के)लाई ‘डायस्पोरा बिजिनेस अवार्ड’बाट सम्मानित गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मालाई ‘डायस्पोरा बिजनेश अवाड’ प्रदान गर्नुभएको थियो ।

शर्मा कतारमा सफल नेपाली व्यवसायीको रुपमा चिनिनु हुन्छ । गैरआवासीय अभियानमा करिब दुई दशकदेखि सक्रिय शर्मा समाजसेवामा समेत सक्रिय हुनुहुन्छ ।

सिजन मिडिया प्रा.लिले १५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको वार्षिकोत्सवको वसरमा दक्षिण एसियाली देशका सफल व्यावसायिक व्यक्तित्वलाई ‘‘एसियन प्रोफेसनल अभिच्मेन्ट अवार्ड २०२३’ सहित सम्मान गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले आरके शर्मा सहित व्यवसायमा उच्च स्थान बनाएका व्यक्तिलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनु भएको थियो ।

कार्यक्रममा डा भगवान कोइराला, निर शाह, डा.राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वलाई प्रधानमन्त्री प्रचण्डद्वारा सम्मान प्रदान गरिएको थियो ।

शर्माले यस अघिनै पत्रकार सम्मेलनको आयोजना गरेर एजेण्डा सार्वजनिक गर्दै अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको थियो । शर्माले २४ महिनामा २४ कार्यक्रम सम्पन्न गर्ने बाचा सहित बाचापत्र ल्याउनु भएको छ ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिका लगायत संसारभर बस्ने एनआरएनएलाई समेट्ने योजना समेटिएको बाचापत्र सार्वजनिक गर्नुभएको थियो ।

उहाँले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमानदार भएर पुरा गर्न लागि पर्ने बताउनु भएको थियो । ‘संरसारभर छरिएर रहेका नेपालीलाई समेटेर बाचापत्र निर्माण गरि सार्वजनिक गरेको छु,’ शर्माले भन्नुभयो ‘मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व पाएको छैन्, यसपटक सबैले साथ दिनुहुन्छ भन्नेमा ढुक्क छु ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *