बिर गोर्खाली युवा क्लव बागलुङले कात्तिक १ गते दोस्रो बिजी लाइभ कन्सर्ट गर्ने


आदर्श अनलाइन, बागलुङ
बिर गोर्खाली युवा क्लव बागलुङले दोस्रो बिजी लाइभ कन्सर्ट गर्ने भएको छ । सामाजिक तथा खेलकुदका क्षेत्रमा सक्रिय क्लवले कार्तिक १ गते बुधवार दोस्रो बिजी लाइभ कन्सर्ट गर्ने भएको हो ।

कोरोना लगाएतका कारण रोकीएको बिभिन्न कार्यक्रम अन्तरगत बिभिन्न कलकार तथा व्याण्डको सहभागीतामा कन्सर्ट गर्ने भएको क्लवले जनाएको छ ।

क्लवले बिजयादशमीको अवसर पारेर बागलुङको बालमन्दिर स्कुलमा दिउँसो ३ बजेदेखि राती ८ बजेसम्म लाइभ कन्सर्ट गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

क्लवले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष दिपेन्द्र गर्वुजा पुनले कला संस्कृतिको संरक्षणका साथै बिजया दशमीलाई मध्यनजर गरि पप गायक नविन के भट्टराई, पोखराको द डिमर्च व्याण्ड र स्थानिय कलाकारको सहभागीतामा कन्सर्ट गर्न लागिएको जानकारी दिनुभयो ।

कन्सर्ट हेर्नका लागि ७ सय ५० रुपैयाको टिकट काट्नुपर्ने व्यवस्था गरिएको जानकारी दिदै क्लवका सचिव प्रदिप थापाले कन्सर्ट सम्पन्न गर्नका लागि ९ लाख ६० हजारको खर्च अनुमान गरिएको बताउनुभयो ।

खर्चको व्यवस्थापनका लागि क्लवका आजिवन सदस्य, बिभिन्न संघसंस्थाबाट रकम संकलन अभियान जारी रहेको उहाँले जानकारी दिनुभयो ।

कन्सर्ट शुरु हुने दिन भन्दा अगाडि टिकट लिएमा ७ सय ५० र सोही दिन टिकट लिएमा भने १ हजार शुल्क लाग्ने जानकारी दिदै सचिव थापाले कन्सर्टबाट रकम बचेको खण्डमा केहि रकम काँठेखोला निवासी छातीको क्यान्सर पिडित अमृता नेपालीलाई सहयोग गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका सचिव बिजय रानाले कला संस्कृतिको संरक्षणमा सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *