अनिष्टको खतराले जमरा राख्दैनन् बागलुङका माझी समुदाय


खेमराज गौतम, बागलुङ

नेपालीहरुको महान चाड वडा दशैंको पहिलो दिन आइतबार घटस्थापना ।

नेपालीहरूको महान चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङ्गले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

तर अनिष्टको डरले बागलुङमा रहेको सिमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दशै मनाउदै आएका छन् ।

देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भएपनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमरा बिनै दशै मनाउदै आएका छन् । उनिहरुले घरमा जमरा नराखेको वर्षौ भएको बताएका छन् ।

जमरा राख्दा अनिष्ट हुँने भन्दै पुस्तौ देखि घटस्थापनामा जमरा नराख्ने गरेको माझी समुदायका स्थानीय देउ कुमारी माझीले बताउनुभयो ।

“जमरा राख्दा अनिष्ट भएपछि राख्न छोडिएको हो भन्ने गर्छन् पाका पुरानाहरु” माझीले भन्नुभयो “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरुको मृत्यु भएको र त्यपछि जमरा नराखी दशंै मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दशैंको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टिका संग लगाइन्छ ।”

माझीका अनुसार दशैंको दिन टीका जमरा त लगाउँछन् तर जमरा भने मागेर वा मन्दिरमा पुगेर ल्याउने चलन रहेको छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । यसलाई माझी समुदायले आफ्नो परम्पराको रुपमा लिदै आएका छन् ।

तीन पुस्ता अघिसम्म जमरा राखेपनि त्यसपछि टूलै अनिष्ट घटना घटेपछि जमरा राख्न छोडिएको सोम बहादुर माझीले बताउनुभयो । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ ।

“जुन वर्ष जमरा राख्यो त्यो वर्ष घरकी कन्याको मृत्यु भएको भन्ने छ, जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको सुनिन्छ” सोम बहादुर माझीले भन्नुभयो ।

दशैं मनाउने भएपनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अनय समुदायहरुले लिदै आएका छन् । माझीहरुले दशैंमा जमरा लगाउन हुँने भएपनि जमरा राख्न नुहँने मान्यता स्थापित भइसकेको छ ।

पुर्खौदेखि कालीगण्डकी नदिनमा माछा मारेर, डुङ्गा खिआएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायले अहिले भने आफ्नो पेशा संकटमा परेको बताउछन् ।

उनिहरु दुई वर्षदेखि नदीबाट बालुवा निकाल्न नपाएको बताउदै रोजीरोटीका लागि समेत समस्या भएको दुखेसो उनिहरुको छ ।

न्यून आयस्तरभएका सिमान्तकृत माझी समुदायहरु आश्रीत भएको कालीगण्डकी नदीमा बालुवा निकाल्न नपाएपछि उनिहरुले अन्य समुदायको घरमा पुगेर ज्याला मजदुरी गर्न बाध्य भएका छन् । न्यून आयआर्जन भएका कारण माझीलाई दशैं नआएको माझीहरुको गुनासो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *