– राम सुवेदी
पछिल्ला गतिविधिहरुमा जनमतको अपमान भएरहेको प्रष्ट देखिदैछ । जनताको भरोसाको पात्र बनाइएका जनप्रतिनिधिहरु नै आज समाजका बीचमा कलंकित हुन किन प¥यो ? देश बनाउने सपनासँग जनताको भावना साटेका जनप्रतिनिधिहरुबाट आजको यो र्निलज्ज व्यवहार लोक सुहाउँदो छैन् । राजनीतिमा क्रान्तिकारी औकात बोकेकाहलाई नै राज्य सत्ता र शक्ति आफ्नै लागि भारी पर्नु हुँदैन्थ्यो । हिजो तिनै मान्छेहरु आम जनमनमा लालध्वजहरु थिए । आज उनीहरु नै लज्जाको ध्वजा बनेका छन् ।
राजनीति र समाज :
समाज सुहाउँदो नीति राजनीति हो । समाजको थिति बसाल्ने, गतिलो संस्कार बसाउने मुल मान्यताको आधार हो । हामीकहाँ भने, राजनीतिलाई नीतिको उत्कृष्ट थिति मान्ने सिद्धान्तका रचयीताहरुको गिदि खलबलिएको महसुश हुन्छ । गर्नुपर्ने एकाथरी छ । बोलिन्छ अर्कैथरी । व्यवहार पनि नानाथर । यही बेथितिलाई समाजले राजनीति मान्न थालेको छ । राजनीति भनेपछि, त्यहाँ नैतिकता, आदर्श, चरित्रमाथि खोट लागेकाहरुको हुल बथान हो जस्तो वर्तमानका पात्रहरुको गृहकार्यले दर्साउँछ । तमाम जनताका समयाहरु हल गर्दै, भारी जनमतले प्रतिनिधि बनेका पात्रहरु, इमान्दारिताबाट च्यूँत हुँदै अपारदर्शिता, असहिष्गुणता र बेभिचारी देखिनु अस्वभाविक हो । यो राम्रो पक्ष होईन । समय काल फेरियो, सत्ता र शासन व्यवस्थाहरु पनि फेरिए । एकाध बाहेकका पात्रहरु अझै राजनीतिमा उपलब्ध छन् । जस्ले पञ्च्यायत खाए, बहुदल खाए, लोकतन्त्र हुँदै गणतन्त्रमा रजाई चलाइरहेका छन् । तर समाज पुरानो अवस्थाबाट नयाँ ढंगमा जान सकेन । जनताको चेतनास्तर उकास्दै, समय अनुकुलको समाज निर्माणका अभियान्ताहरु कोही क्रान्तिबाट आए, बोही बिद्रोहबाट, कोही फरक राजनैतिक पृष्ठभूमिबाट । जो जहाँबाट आएपनि, समय काल सुहाउँदा भने नआएका रहेछन् । समाजले तिनै राजनीतिकर्मीलाई परिवर्तनका बहाक मान्दै आएको हो । जो आजकोे राजनीतिमा नेता छन् । तिनै नेताहरु जनमत बटुलेर संसदमा छन् । मन्त्री बनेका छन् । समाजलाई आधुनिकता तिर लैजालान भन्ने आसा भरोसामा पछिल्लो समय ठेस पुगेका घटनाहरु छरपष्ट छन् । जो राज्य व्यवस्थापक छन्, उनीहरुलेनै राज्य र शक्तिको आडमा सार्वजनिक सम्पत्ति कुम्ल्याएर नीतिकरण तर्फ लाग्छन् भने, समाजले राजनीतिलाई अथ्र्याउने कसरी ? देशका ठूलो पार्टिको जिम्मेवार नेता, जो देशको उपप्रधानमन्त्री भइसकेको छ, अर्थमन्त्री भइसकेको छ, अन्य विभिन्न मन्त्रालय सम्हालेको छ, उसैले सरकारी जग्गा अपचलन गरेर आफ्नो नाममा लालपुर्जा टाँस्छ । सार्वजनिक हिस्साको निस्सा आफ्नो नाममा लिंदा विधि जान्दैन भन्दै जनतामाझ लज्जापूर्ण अभिव्यक्ति दिन्छ । आज त स्थिर सरकार छ । अस्थिरतामा देशले गति लिएन भनेर, समाजलाई व्यक्तिबाट टाढा राख्ने र सामुहिकतालाई जोड दिने शक्ति नेपाल कम्युनिष्ट पार्टिलाई जनताले भोट दिएर बलियो सरकार अहिले देशमा छ । श्रमजीवी वर्गको हितमा समाजवाद हुँदै साम्यवाद सम्मको यात्रा तय गरेको पार्टिको सूचना तथा सञ्चारमन्त्री कमिसनको बार्गेनिङ गरेर पदच्यूत हुन्छ । यो कति बिडम्बना होला । मलाई यति लेउ, त्यो सेटिङ मिलाउ भन्ने राज्यकोष माथि दोहनको बार्गेनिङ गरिरहेको आवाज सुन्दा लाग्छ, यस्ता नकचराहरु राज्यसत्तामा अधिक छन् । जस्ले बैद्यानिक ढंगले राज्यकोषको दोहोन गरेर आफू मोटाइरहेका छन् । यो राजनीतिले कस्तो समाज निर्माण गरिरहेको छ भन्ने सवाल अहिले चर्चामा छ ।
राजनीतिमा सुशासन :
हामी सरकारको काम, कार्वाही र सेवा प्रवाहमा सुशासन, पारदर्शिता र इमान्दारिता खोज्छौं । तर आजको राजनीतिमा त्यस प्रतिको प्रतिवद्धता छैन । यस्तो अवस्थामा जुनसुकै आन्दोलन होस वा, जस्तो सुकै बलिदान र संघर्षबाट नयाँ÷नयाँ राज्य सत्ता स्थापित गरे पनि देशले काँचुली फेर्दैन । राजनीतिमा सकरात्मक चिन्तन, सत्यवादी, निष्ठा र इमान्दारिता, जनताको आसा भरोशाको केन्द्र जबसम्म स्थापित हुदैनन्, तबसम्म सत्यको कवजभित्र असत्तीपात्रहरु बेरिएर राज्यमा छिर्छन र राज्यको दोहन त्यहीबाट हुन्छ । जनताको भरोसाहरु दिनानुदिन बेचबिखन हुन्छन् । देशको परिवेश यस्तै यस्तै पात्रहरु र आचरणका कारण अझ भ्रष्ट, बेइमानी, दलाली र निरकृष्ठ कामहरुमा लिप्त मान्छेहरुको ढिलोचाँडो पर्दाफास हुँदै जानेछ । हामीले सुन्यौ हिजो वर्गिय आन्दोलनका नारा लगाउनेहरु, जस्का नारा लगाए उनीहरुलाई सडकमा मिल्क्याएर आफु सामन्तवादी संस्कारका निस्सा बने । क्रान्ति र आन्दोलनबाट नेता स्थापित हुँदै, राज्य सत्तासम्मको पहुँचमा रहेकाहरु, सर्वहारा वर्गको गाना गाउँदै पूँजीबादी पश्चिमेली छुद्र डिस्को डान्सबार सम्म पुग्ने भए । साम्यवादको एक महत्वपूर्ण आदर्श दर्शन माक्र्सवादलाई दस्तावेज बनाएका राजनैतिक पार्टिहरु, आफै कार्लमाक्स बने । जस्लाई संशोधन गर्दै, श्रमिकहरुको आफ्नो राज्य चलउने सामुहिकतावादी आचरण, शैली र पद्धती सडकपेटिमै बेचेर खान थाले । आज जनतालाई कहिलेम्म धोकाधडिबाट आफुलाई सजग बनाइ राख्ने भन्ने प्रश्न उत्तिकै शक्तिशली बन्दै गयो । उच्च राजनैतिक नैतिकताको विल्ला भिरेर जनमतको भ¥याङबाट सत्तामा उक्लिएका जनप्रतिनिधिहरु घुस्याहा, भ्रष्ट, ठेकेदार, कमिशनखोर, अत्याचारी, बेभिचारी, बलत्कारी, चोरीचकारीमा सामेल भएर इमान्दारिताको शानमाथी अपमानको घुस्सा खाएर कुर्चिबाहिर ओर्लिन पर्छ भने, यो संस्कार, यो विधि र तरिकाले देशलाई बनाउँछ भन्ने ठाउँ छैन । देश आफै पनि सुशासन तर्फ इंगित छैन । सजिलो गरि जनताको काम हुँदैन । सार्वजनिक प्रशासनमा घुस विना काम हुँदैन भन्ने मान्यता जस्तो भएको छ । ढिलासुस्ति, अपारदर्शी र मोलाहिजाबाट राज्यको प्रशासनले जनतालाई शास्ति दिइरहेको बेला । यो वेथितिलाई हटाउने भन्नेहरु नै त्यही ढुँगुरको एक हिस्सा बनेर निर्लज्ज, लज्जाको वकालत गरिरहेको देखिईन्छ भने अवस्था कति भयाभह होला ।
सत्ता र शत्तिको दुरुपयोग :
सत्ता जनताले बनाएको हो । जनमतको आधारशीला मतदानबाट चुनेर बनाइएका प्रतिनिधिहरु सत्ताका पात्र हुन् । तर चित्रले मात्र पुग्दैन रहेछ । चरित्र नराम्रो भएपछि श्रमजीवीहरुको लोगोले डामेर पनि सही बाटोमा हिंड्न राजनीतिकर्मीलाई अफ्ठेरो भएको देखियो । समाजवादी नारा लगाउँछ, जनताको समृद्धिका कुरा पनि गर्छ । भविश्य साम्यवाद हो भन्छ तर, त्यो बाटो सामुहिकतिह होईन नीजी सम्पत्ति तिर लगाउँछ । घुस मागेर, कमिसन खाएर वा अपचलन के गरेर हुन्छ कमाउने धन्दा राजनीतिमा पस्यो । राज्य सञ्चालकहरु राज्यकोषमा बढि भन्दा बढी राजश्व संकलन गरेर देशलाई उज्ज्वल भविश्यतिर लैजानुको साटो, अहिले भएका सार्वजनीक सम्पत्ति पनि, राज्य सत्तामै भएका व्यक्तिले निजिकरणको अभ्यासमा लाग्नु यो लज्जाको सवाल बन्यो । राज्यको उपल्लो ओहोदामा रहेका मान्छेहरु १७४ जना त्यही फन्दामा अख्तियारको मुद्धा खेप्दै गर्नु, देशमा कस्ले लिडिङ गरिरहेको छ र कसरी देश चलेको छ भन्ने ऐना जस्तो छर्लङग हुन्छ । नाफाखोरहरु राज्यसत्ताका आसपासमा लडिबडि गरेका छन् ।
कसरी दुई चार पैसा हाता पार्ने भन्ने आशयका मान्छेहरु जनप्रतिनिधिका सल्लाहकार ठान्निछन् । आफूले खान पाए ठीक नपाए गलत भन्नै बौलाउनेहरु पनि असर राजनैतिक आचरण शत्रुहरु भए । इतिहासमा जो–जो राज्य सत्तामा र शक्तिमा पुगे उनीहरु नै भ्रष्ट छन् । अनियमितता गरिहेका हुन्छन् । यो सत्ताको दुरुपयोग हो । जस्ले केही मान्छे बने, तर न राजनीति गतिलो बन्यो न देश बन्यो । कारण यस्तै यस्तै लज्जा ध्वजहरु देशको राजनैतिक वृत्तमा हुर्किएका छन् ।