कृषि हाटबजार तथा तरकारी संकलन केन्द्रको उद्घाटन

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री महेन्द्रध्वज जिसीले कृषि क्षेत्रको विकास नभएसम्म मुलुकमा समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । गलकोट नगरपालिका र गैमुखी कृषि विकास सहकारीको सहकार्यमा संचालनमा आएको ‘गौमुखी कृषि हाटबजार तथा तरकारी संकलन केन्द्र’को उद्घाटन कार्यक्रमलाई सम्बोभन गर्दै मन्त्री जिसीले प्रदेश सरकारले कृषकलाई प्रबिधिसँग जोडी उत्पादन वृद्धि गर्न तर्फ लागेको बताउनुभयो ।

पछिल्लो समय सहकारीमा थुप्रै किसिमका समस्याहरु पैदा हुँदै गएको सन्दर्भमा गौमुखी कृषि विकास सहकारी कृषकको सारथी बन्दै गएको बताउनुभयो । सहकारीले नाफा कमाउने मात्रै नभइ समाजमा उत्पादनसँग जोडिने र नागरिकलाई आयाआर्जनको माध्यमसँग जोड्नु पर्नेमा जोड दिनुभयो । किसानले उत्पादन गरेका वस्तुले बजार नपाइ रहेको बेला यस सहकारीले बजारीकरणमा ठूलो टेवा पु¥याउन थालेको उहाँको भनाइ छ ।

कार्यक्रममा बागलुङ गण्डकी प्रदेश सांसद जीत बहादुर शेरचन, दोर्ण कुमार कुँवर, दिलमाया पौवी, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगर, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवाल, गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर विक, नेकपा एमाले प्रदेश सदस्य मञ्जु शर्मा चालिसे, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक बहादुर केसी, जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क बहादुर पाण्डे, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी अन्जु, जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा, गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राज बहादुर थापाले मन्तव्य राख्नुभएको थियो ।

नगरपालिका र सहकारीले जग्गा भाडामा लिएर संकलन केन्द्र र हाटबजार क्षेत्र संचालन गरेका छन् । यहाँ पालिकाका ११ वटै वडाबाट कृषकले उत्पादन गरेका वस्तुहरु लिएर राखेका थिए । कार्यक्रम गौमुखी कृषि बजार सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शिव कुमारी खत्रीको अध्यक्षता, गलकोट नगरपालिका–३ का अध्यक्ष फम बहादुर खत्रीको स्वागत र पत्रकार सरिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *