बागलुङमा मनाइयो प्रहरी दिवस


आदर्श अनलाइन, बागलुङ

बागलुङमा ६८ औं प्रहरी दिवस मनाइएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा प्रहरी दिवस मनाइएको हो । प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो ।

प्रहरी दिवसको अवसरमा जिल्लामा कार्यरत मध्येबाट ३७ जना प्रहरीलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले प्रहरीप्रति नागरिकको विश्वास बढ्दै गएको बताउदै आफ्नो विश्वास प्रहरीले बढाउदै लैजानु पर्ने बताउनुभयो ।

उहाँले प्रहरीमा पुगे छिटै न्याय पाइन्छ भन्ने नागरिकलाई विश्वास भएको बताउनुभयो ।

रिजालले प्रहरी दिवसको अवसरमा अमर शहिद स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक मदन केसी सहित ३७ जानलाई सम्मान गरिएको थियो भने सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा बहादुर केसी, सामुदायिक प्रहरी सेवा केन्द्र गुठीका अध्यक्ष लिला खड्कालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । यस्तै शहिद परिवारलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व डिएसपी टिका बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षता, प्रहरी नायव उपरिक्षक मदन केसीको स्वागत तथा प्रहरी निरिक्षक बसन्त बहादुर भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *