काठेखोलाको रेशमा विपत व्यवस्थापन कार्यक्रम

रोहन जि.सी, बागलुङ

बागलुङ काठेखोला गाँउपालिकाको रेश नुन्थला माध्यमिक विद्यालयको आयोजनामा मंगलबार विपद व्यवस्थापन तथा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखा र सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल बागलुङ शाखाको समन्वय आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन काठेखोला गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछानेले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विद्यालयको आवधिक परिक्षाको नतिजा प्रकाशन पुरस्कार वितरण, शुभकामना आदान–प्रदान तथा नव आवन्तुक शिक्षक सन्तोष पौडेललाई स्वागत, शिक्षक होम बहादुर नेपालीलाई विदाई गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष लामिछानेले प्राकृतिक विपत्तीको बारेमा पूवैसचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा काठेखोला गाँउपालिका वडा नम्बर ७ का वडा सदस्य प्रेम बहादुर काकी, विद्यालयका प्रधानध्यापक ओम बहादुर थापा, शिक्षक संघका सदस्य सुशिल आचार्य, विद्यार्थी दिक्षा कुँवर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखाका कोषाध्यक्ष जीवननाथ शर्मा र सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल बागलुङका अध्यक्ष डिल्ली प्रसाद उपाध्यायले काठेखोला गाँउपालिका वडा नम्बर ७ मा स्थित रेश नुन्थला माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र सम्पूर्ण विद्यार्थी गरी १५० जनालाई विपद व्यवस्थापन तथा मानसिक स्वास्थ्य सम्बन्धि सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम रेश नुन्थला माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद थापाको अध्यक्षता, शिक्षक हरि कुँवरको स्वागत तथा शिक्षक डिल बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *