बागलुङ बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजार अनुगमनका क्रममा पसलैपिच्चे फेला परेका अखाद्य बस्तु नष्ट गरिएको छ । बजार अनुगमनको क्रममा भेटिएका अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान नष्ट गरिएको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन तथा उद्योग कार्यालयले चाडवाड लक्षित बजार अनुगमनलाई तिब्रता दिएको छ ।

बजार अनुगमनका क्रममा भेटिएको विस्कुट, जुस, लेज, कुरकुरे, कोक र बियर लगायका अखाद्य बस्तु नष्ट गरिएको हो । दुई हप्ता देखि लगातार बजार अनुगमन गर्दै आइरहेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । अनुगमनका क्रममा सोमबार र मंगलबार धेरै अखाद्यय बस्तुहरु फेला परेको बरालको भनाई छ । म्याद गुज्रेका पेय पदार्थ र बियरलगायत फ्रिजमा राखेर बिक्री गर्ने सामाग्रहिरुमा समेत उपभोग्य मिति गुज्रेको बताउदै अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरु नष्ट गरिएको हो ।

“पसलै पिच्छे म्याद गुज्रेका सामग्री भेटिएका छन्, लगातको अनुगमनमा चार÷पाँच लाख बराबरको अखाद्य बस्तु नष्ट गरिएको छ, उक्त अखाद्य बस्तुहरुमा कुरकुरे, लेज, कोक, फ्यान्टा, वियर, सुजी र विष्कुट जस्ता खाद्यय सामाग्रीहरु बढी नष्ट गरिएको छ” बरालले भन्नुभयो “हामीले पसलमै अखाद्य बस्तुलाई विक्रि गर्न नमिल्ने बनाएर छोड्ने गरेका छौं, कतिपय मिति गुज्ैको सामाग्री डिलबाटै आएको पाइएकाले डिलहरुको अनुमगनलाई समेत तिब्रता दिइएको छ ।”

केही किराना पसल र मासुपसलहरुलाई न्यूनतम जरिवाना समेत गरिरहेको बागलुङ नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख सरस्वती रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार अनुगमकनका क्रममा विना दर्ता नै पसलहरु सञ्चालन भइरहेको पाइएकाले नगरपालिकामा दर्ता हुँन आउन आग्रह गरिएको छ ।

सामान नष्ट गरी व्यवसायीलाई जरिवाना समेत गराएको छ । मिठाइ पसल र मासु पसल फोहोर रहेको पाइयो भने खाद्यन्नका पसलहरुमा मिति गुज्रेका सामाग्रीहरु विक्रिका लागि राखिएकाले जफत गरेर नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शौरभ श्रेष्ठले बताउनुभयो ।

“चिया तथा मिठाइ पसलमा सरसफाइ नगर्ने, गुणस्तरहीन तेल प्रयोग गर्ने, बासी तेलमा खाना पकाउने समेत भेटिएको छ, हाम्रो कार्यालयले तेलको गुणस्तर नाप्ने मेसिन लगाउँदा समोसा र जेरी बनाइरहेको तेल समेत अखाद्य भेटिएपछि पकाइरहेको र बेच्न राखेको मिठाइ, समोसा र जेरी समेत नष्ट गरिएको छ” श्रेष्ठले भन्नुभयो “केही खाद्यन्नका पसलहरु अनुगमनका क्रममा अखाद्य वस्तु नष्ट गर्दा पुलनै खाली हुँने अवस्था आएको छ, उपभोक्ता समेत सचेत भएर मिति हेरेर मात्रै उपभोग गर्न आवश्यक छ ।”

पानीपुरी मसला र चकलेट तथा हर्लिक्स समेत म्याद नाघेका भेटिएका छन् । मिति नाघेका सबै सामाग्रीहरु नेपाल प्रहरी समेतको रोहोबरमा लगत राखेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । खुद्रा बिक्रेतालाई आपूर्ति गर्ने थोक कारोबारीकहाँ समेत अनुगमन गर्दा म्याद गुज्रेको पाइएको छ । बागलुङ नगरपालिका–१ को शिव सप्लायर्स, गोल्डेनगेट मार्टबाट म्याद गुज्रेका दर्जनौं बियर र अन्य खाद्य तथा पेय वस्तु नष्ट गराइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *