सहज सहकारीकोे व्यवस्थापन तथा नेतृत्व विकास तालिम

आदर्श अनलाइन, बागलुङ

सहकारी संस्थालाई व्यवसायिक रुपमा अगाडि बढाउने उद्देश्यका साथ सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिवार एक दिने सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।

सञ्चालक तथा कर्मचारीहरुलाई सहकारी ऐन, नियममावली र सहकारी व्यवसायका प्रभावकारिताका बारेमा सचेत तथा सदस्यहरुलाई सक्रिय बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

संघीय संरचना र सहकारी ऐन जारी भएपछि सहकारी संस्थाहरुलाई नयाँ नीति र विधि अनुसार अगाडि बढाउन सचेतना आवश्यक भएको संस्थाका अध्यक्ष पुष्प गिरीले जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई सदस्य केन्द्रीत व्यवसायका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । सहकारीका सञ्चालक र कर्मचारीहरुले सदस्यको आर्थिक विकास र सामाजिक रुपान्तरणका योजना बनाएर उनीहरुलाई ति कार्यक्रमहरुमा सहभागिता गराउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारी सहकारी व्यवसायको प्रभावकारिताका लागि सञ्चालक र कर्मचारीको भूमिका, सहकारी ऐन तथा नियमावली लगायतका विषयमा जानकारी गराइएको थियो । तालिमका सहभागीहरुले संस्थाको ३ वर्षे रणनीतिक योजना अनुसार संस्थालाई सदस्यहरुको पहिलो रोजाईका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष पुष्प गिरीको अध्यक्षता र सचिव हर्कबहादुर नाइसाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *