खाद्य वस्तुमा व्यापारिले मुल्य वृद्धि गरेको भन्दै ध्यानकर्षण

आदर्श अनलाइन, बागलुङ
चाडवाड नजिकिएसँगै थोक तथा खुद्रा व्यवसायीले मुल्य विद्धि गरेको जनगुनासो बढेपछि बागलुङ नगरपालिकाले ध्यानाकर्षण गराएको छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काको अध्यक्षतामा अलफल तथा अन्तरक्रिया कार्यक्रम गरि आम उपभोक्तालाई मर्का पर्ने गरि मुल्यवृद्धि नगर्न आग्रह गरिएको थियो ।

बागलुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले पछिल्लो १ महिनामा मात्र १३ पटक बजार अनुगमन गर्दा पनि बागलुङका खुद्रा तथा थोक विक्रेताहरुले सम्वेदनशिलता नदेखाएको बताउनु भयो ।

उहाँले वर्षाैपहिले म्याद सकिएका खाद्यवस्तु अहिले पनि बजारमा छ्याप छ्याप्ती भेटिएको भन्दै अवपनि व्यवसायीहरु नसच्चिए कडा कारबाही गर्ने बताउनुभयो । उहाँले आम उपभोत्ता पनि सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठले म्याद सकिएका अखाद्य वस्तुलाई विक्रि गर्ने वस्तुहरुकै सरह राखेको पाइएमा अनिवार्य रुपमा जफत गरिने बताउनुभयो ।

उहाँले बागलुङ बजारका अधिकाशं पसलहरुमा पाइने रंगिन झिनियाँ प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह समेत गर्नुभयो । झिनियाँ व्यापारिसँग कुरा गर्दा सेतो झिनियाँ विक्रि हुँदैन उपभोक्तालेनै रातो, पहेलो झिनियाँ खोज्नुहुन्छ भन्ने गरेको पाइयो, श्रेष्ठले भन्नुभयो रंगिन झिनियाँ तेलमा फ्राई गरेर प्रयोग गर्दा प्राणघातक क्यान्सर रोग लाग्ने जोखिम बढी हुन्छ ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, बागलुङ उद्योगा वाणिज्य संघ बागलुङका राजु गौतम, खुद्रा किराना व्यवसायी संगठन बागलुङका उपाध्यक्ष फुलराज शर्मा, धौलागिरी अधिकृत विक्रेता संघका पूर्व अध्यक्ष बद्री ढुङगाना, पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्य, पत्रकार राजेशचन्द्र राजभण्डारी लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिकाका अधिकृत युक्त प्रसाद सुवेदीको सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *