सुनौलो बागलुङ संस्थाले बागलुङका दुई जनालाई दियो राहत

आदर्श अनलाइन, बागलुङ
सुनौलो बागलुङ संस्थाले बिभिन्न रोगबाट पिडित बागलुङका दुई जनालाई राहत बितरण गरेको छ ।
बिभिन्न रोगबाट पिडितलाई उपचारमा सहयोग, गरिव बिपन्न परिवारलाई राहत र जेहेन्दार बिद्यार्थीलाई शैक्षिक समाग्री सहित आर्थिक सहयोग गर्दै आएको संस्थाले दुई जना बिभिन्न रोगबाट पिडितलाई राहत बितरण गरेको हो ।

संस्थाले मृगौला रोगबाट पिडित बागलुङको जैमिनी नगरपालिका वडा नम्वर ७ जैदी निवासी कमलबहादुर नेपालीलाई ४० हजार र टाउको सम्वन्धी स्माइनल कर्ड रोगबाट पिडित बागलुङ नगरपालिका वडा नम्वर ११ रायडाँडा निवासी मनबहादुर थापालाई ३५ हजार रुपैया स्वास्थ्य लाभको कामना गर्दै बितरण गरेको थियो ।

संस्थाका बैदेशिक बिभागका कोषाध्यक्ष तथा आर्थिक संयोजक चित्रबहादुर श्रीसको पहलमा संकलन गरिएको रकम बाट पिडित नेपाली र थापाको परिवारलाई संस्थाका केन्द्रिय अध्यक्ष दिलिप प्रतेल, सल्लाहकार ताराप्रसाद शर्मा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय रानाले राहत प्रदान गर्नु भएको थियो ।

राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना, मृगौला पिडित कमलबहादुर नेपाली र मनबहादुर थापाको दिदी कुमारी थापाले मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका केन्द्रिय अध्यक्ष दिलिप प्रतेलले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *