तारा र तिर्थद्वारा बिवाहमा लाग्ने सुन खर्चले बिद्यालयमा अक्ष्य कोष

आदर्श अनलाइन,बागलुङ

बिवाहमा प्रयोग गरिने सुनको गरगहना प्रयोग नगरी त्यसमा लाग्ने खर्चबाट एक जोडीले बिद्यालयमा अक्ष्य कोष स्थापना गरेका छन् ।

जिल्लाको जैमिनी नगरपालिका ४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका ७ रेशका तिर्थप्रसाद गौतमले सुनमा लाग्ने खर्च बराबरको १ लाख ११ हजार १ सय ११ रुपैयाँको स्थानीय रेश नुन्थला माध्यमिक बिद्यालयमा अक्ष्य कोष स्थापना गरेका हुन् ।

सोही बिद्यालयमा पूर्व शिक्षक समेत रहेका दुलाहा तिर्थ प्रसाद गौतमका पिता चन्द्रप्रसाद गौतमको स्मृति र सम्मानमा सुन प्रयोग नगर्ने अठोटका साथ कोष खडा गरिएको दुलही तारा शर्माले बताइन् । शर्मा साविकको अनेरास्ववियूकै विद्यार्थी नेतृ हुन् ।

रेश नुन्थला माविको ६४ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा स्थापना गरिएको चन्द्रप्रसाद स्मृति कोषबाट बार्षिक रुपमा बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ । जस अन्र्तगत कक्षा ११ मा अध्ययरत सर्वोत्कृष्ट बुहारी, एसइईमा सर्वोत्कृष्ट जिपिए ल्याउने बिद्यार्थी, मावि तह, आधारभूत, प्राथमिक र पूर्व प्राथमिक तहका गरिब,जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसका साथै बर्ष शिक्षक समेत छनोट गरेर पुरस्कृत गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *