प्रशासन, सेना र प्रहरीले विधिवत पुजाअर्चना गरि फूलपाती भित्राए

आदर्श अनलाइन बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा छुट्टुटै फूलपाती सहितको डोली भित्राईएको छ ।

बडा दसैँको सातौ दिन फूलपातीको अवसरमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिषरभित्र रहेको एतिहासिक माझकोटको मन्दिरबाट निकालिएको फूलपाती सहितको डोली प्रशिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा मन्दिरका मुख्य पुजारीद्वारा विधिपूर्वक पुजाअर्चना गरिएको थियो ।
पुजा पछि फूलपाती प्रशासन, सेना र प्रहरीका दसैँघरमा पठाईएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो ।

विहानको ८ः४० बजेको शुभसाइतमा फूलपाती सहितको डोली कालिका मन्दिरमा पुजा गरि बागलुङ नगरपालिका–१ रुद्रेपिपल स्थित शशस्त्र प्रहरीको प्राङगढमा समेत विधिवत पुजा गरिएको थियो ।

माझकोटको मन्दिरबाट निकालिएको फूलपाती, कालिका मन्दिर र रुद्रेपिपल स्थित शशस्त्र प्रहरीको प्राङगढमा पुजा गरेपछि प्रशासन, प्रहरी र सेनाका दसैँ घरमा भित्राउने प्रचलन गरेको छ ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा कालिका मन्दिर परिषरमा फूलपातीको विधिवत पुजा गरेपछि त्यहाँबाट विदाई गरिएको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *