कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक


खेमराज गौतम, बागलुङ

गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीड बागलुङ कालिकामा वडा दशैंको अवसरमा भक्तजनको भीड लागेको छ ।

पछिल्लो समय कालिका मन्दिरको महिमाको प्रचार प्रसार र दशैंमा घुम्न निस्कने धार्मिक पर्यटकहरुका कारण कालिका मन्दिरमा गत वर्षको तुलनामा बढी दर्शनार्थी आएको पाइएको छ ।

कालिका मन्दिरमा दशैं र चैते दशैंमा बढी महत्वका साथ भक्तजनहरु पुग्नेगरेका छन् ।

दशैंको पहिलो दिन घटस्थापना देखि नवरात्रको दिन सम्म करिब ५ लाख भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

कालिका मन्दिरमा मुस्ताङ भ्रमणका लागि हिडेका स्वदेशी तथा विदेशी पर्यटकहरु समेत आउन थालेपछि धार्मिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको हो ।

खड्काका अनुसार गत वर्षको तुलनामा बढी भक्तजनहरु कालिका मन्दिर दर्शनका लागि आएको कालिका मन्दिरमा देखिएको भीडले बताएको हो ।

“कालिका मन्दिर परिसरमा राखिएको सिसि क्यामेराबाट हेर्दा, मन्दिरमा भक्तजनहरुको लाईन मुल्याङ्कन गर्दा घटस्थापना देखि कालरात्रीको दिन सम्म पाँच लाख धार्मिक पर्यटक कालिका मन्दिरमा आएको अनुमान छ” अध्यक्ष खड्काले भन्नुभयो “यसपटकको दशैंमा भक्तजन बढेका छन् भने बली घटेको छ, कालिका मन्दिरमा राँगो, बोको र कुखुराको बली हुने गर्दछ, परेवाको बली दिन निषेध छ, परेवा उडाउन पाइन्छ ।”

देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दशैंको रौनक देखिएको छ भने कालिका मन्दिर आउने पर्यटकहरु चढेका सवारीधासन व्यवस्थापनमा ट्राफिक प्रहरीलाई हम्मे परेको छ ।

दशैंको फूलपातीदेखि कालिका मन्रिको पार्कीङले नथेगेपछि बैंकल्पिक पार्कीङको व्यवस्था मिलाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

अहिले कालिका मन्दिरको पार्कीङ स्थलमा दुई पाङ्ग्रे सवारी र बैंकल्पिक पार्कीङको वयवस्था गरिएको रामरेखा सामुदायिक बनको प्राङ्गणमा चार पाङ्ग्रे सवारीसानध पार्कीङको व्यवस्था मिलाइएको छ ।

बागलुङ जिल्ला सहित छिमेकी जिल्ला म्याग्दी, मुस्ताङ, पर्वत र चितवन, बुटवल, काठमाण्डौं, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका बढी भक्तजन आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

दशैं र तिहारमा भुस्ताङ भ्रमणका लागि आउने हजारौं पर्यटकहरु कालिका मन्दिर आउन थालेपछि मन्दिरमा आउिने धामिर्कक पर्यटकहरुमा वद्धि भएको हो ।

कालिका मन्दिरमा भक्तजनको यकिन तथ्यांक राख्ने चलन नभएपछि खपत भएका नरिवल, चढेको भेटी र बलीको संख्याको आधारमा अनुमान गर्ने गरिएको छ । गत वर्ष दशैंमा चार लाख भक्तजनहरु आएका थिए ।

दशैं र चैते दशैंमा कालिका मन्दिरमा भीड लाग्ने गरेको छ । ५ सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भएपनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका काराण धार्मिक पर्यटकहरु बढ्दै आएका छन् ।

प्रसिद्ध शक्तिपिठ भएकोले कालिकाको पूजा गर्नाले मनोकामना पुराहुँने जनविश्वास रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *