आजको मौसम : पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

आदर्श अनलाइन, बागलुङ
जल तथा मौसम विज्ञान विभाग देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । विभागले दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *