न्यायपालिकामा आँच आउन दिन्नः प्रधानन्यायाधिश जवरा

आदर्श अनलाईन, बागलुङ ।
प्रधान न्यायाधिस चोलेन्द्र शमसेर जवराले न्यायपालिकामा आँच आउन नदिने बताउनुभएको छ । बागलुङ जिल्ला अदालतको भवन उद्घाटन गर्दै प्रधान न्यायाधिश जवराले न्यायलयमा राजनिती घुसेको टिकाटिप्पणी भइरहेको भन्दैं न्यायको मन्दिर ढल्न नदिने बताउनुभएको हो ।

उहाँले आफुहरु आम जनताको न्यायमा पहुँच संगै सुशासनको प्रत्याभुति दिलाउने कुरामा सक्षम रहेको भन्दैं देशमा भइरहेका अनियमितताको विषयमा चनाखो रहेको समेत बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा ‘फरक मुद्दा पद्दती’ले मुद्दा छिन्ने व्यवस्थाको अन्तिम तयारी चलिरहेको समेत बताउनुभयो । शिघ्र फैसला र मुद्दाको फछ्र्याैउट बढाउनको लागि हरेक साता दुईवटा संवैधानिक इजलाश बस्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । न्यायपालिका स्वतन्त्र, निश्पक्ष, सक्षम र सुदृढ न्यायपालिकाको परिकल्पनाको साथमा अगाडी बढिरहेको भन्दैं उहाँले न्यायीक सुशासन कायम गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा २०२१ सालबाट भाडाको घरबाट सेवा प्रदान गरिरहेको जिल्ला अदालतको ८ करोड ४० लाख लागतमा भवन निर्माण गरिएको जिल्ला न्यायाधिश बासुदेव न्यौपानेले बतउनुभयो । भवन निर्माणको लागि १० करोड ४० लाख रुपैयाको स्टिमेट भएपनि लिफ्ट सेवा हटाएर लागत कम गरिएको उहाँले बताउनुभयो । भाडाको साँघुरो घरबाट सेवा प्रदान गर्न ग्राहो भएको भएपनि अव सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा सर्बोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौला, प्रतिनिधी सभा सांसद सुर्य पाठक, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्त, वरिष्ठ अधिवक्ता पद्यमनाथ शर्मा, उच्च अदालत बार एसोसियसन बागलुङका अध्यक्ष हरी प्रसाद शर्मा लगाएतले बोल्नुभएको थियो । उच्च अदालत पोखरा बागलुङ इजलाशका मुख्यभइ काम गर्ने न्यायाधिश मनबहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको अध्यक्षता, जिल्ला अदालत बागलुङका जिल्ला न्यायाधिश बासुदेव न्यौपानेको स्वागत तथा जिल्ला अदालत बागलुङका शाखा अधिकृत भेषराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *