राष्ट्रिय सहकारी बैंकको साधारणसभा मंसिर ३० गते हुने

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा आगामी मंसिर ३० गते शनिबार हुने भएको छ ।

बैंकको शुक्रबार सम्पन्न सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, प्रवुद्ध समुह र केन्द्रीय उपसमितिका सदस्यहरुको संयुक्त वैठकले मंसिर ३० गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकको २० औं वार्षिक साधारणसभा अन्तरगत मंसिर ३० गते ७ प्रदेशमा इकाईसभा र पुस ६ गते इकाई प्रतिनिधिहरुको सभा गरिने बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

कोशी प्रदेशको बिराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा इकाई साधारणसभा हुने भएको हो ।

भर्चुअल र भौतिक रुपमा सम्पन्न गरिने साधारणसभाको उद्घाटन सत्र संयुक्त रुपमा र छलफल सत्र प्रदेशगत रुपमा सम्पन्न गरिने अध्यक्ष उप्रेतीेले जानकारी दिनुभयो ।

सात प्रदेशमा हुने इकाइसभाबाट चयन हुने प्रतिनिधिहरुले साधारणसभाको बैठकका निर्णयहरु प्रमाणित गर्ने सभा पुस ६ गते काठमाडौंमा हुने भएको छ ।

साधारणसभामा प्रस्तुत हुने विभिन्न १४ वटा कार्यसूचीका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले वैठकमा जानकारी गराउनु भएको थियो ।

बैंकमा हालसम्म १६ हजार १ सय ५८ सहकारी संघ संस्था सदस्य रहेका छन् । बैंकको शेयर पूँजि २ अर्ब ७९ करोड, निक्षेप ५७ अर्ब, ऋण लगानी ३० अर्ब ८९ करोड रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *