बजार व्यवस्थापनमा जोड दिँदै बागलुङ नगरपालिका

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले बजारमा किनमेल गर्दा कुनै पनि उपभोक्ता नठगियो भन्ने उद्देश्यले बजार व्यवस्थापनमा जोड दिएको छ ।

बागलुङ बजार क्षेत्रमा अनुगमन गर्दा म्याग गुज्रिएका सामानको बेचबिखन, सामानमा अखाद्य वस्तुको मिसावट तथा मुल्य सूचि नराखी विक्री वितरण गरेको पाइएपछि बजार व्यवस्थापनलाई जोड दिइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

नगरपालिकाद्वारा बजार अनुगमन गर्दा बजारमा उपभोक्ता ठगिने गरि व्यापारीले सामान विक्री वितरण गरेको पाइएपछि बजारलाई व्यवस्थित गर्न उपभोक्ताले प्रष्ट देख्न सक्ने ठाँउमा मुल्य सुची अनिवार्य राख्ने व्यवस्था गर्ने, म्याद गुज्रेका सामानहरुको छुट्टै जोन बनाउने, म्याद गुज्रेका सामानहरु विक्रि वितरण नगर्ने व्यवस्था मिलाउने निर्णय गरेको उपप्रमुख खड्काले बताउनुभयो ।

व्यापारीले अखाद्य पदार्थ तथा रङको मिसावट भएका झिनिया लगायतका कुनै पनि खाद्य पदार्थहरु विक्रि वितरण नगर्ने, मुल्य तोकिएका खाद्य तथा पानी लगायतका पेय पदार्थहरु तोकिएकै मुल्यमा विक्रि वितरण नगर्ने र तोकिएकै मुल्यमा बेचविखन गर्नु पर्ने लगायतका विषयमा निर्देशित गरिने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *