पार्टीमा व्यक्ति हैन विचारको पछि लागौं—आचार्य

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले काँग्रेस पार्टीको संगठनलाई मजबुत बनाउन व्यक्ति नभएर विचारको पछाडी लाग्नुपर्ने बताएका छन । नेपाली काँग्रेस बागलुङले जिल्ला सम्मेलनको अवसरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै आचार्यले पार्टीको संगठन सामुहिक पुँजी भएको र यसलाई बृद्धि गर्नका निम्ती व्यक्ति भन्दा पनि विचारको पछाडी लाग्नुपर्ने बताए ।

उनले पछिल्लो समयमा पार्टी भित्र व्यक्तिवादी चरित्र हावी हुँदै गएको गएको र यसले संगठन बलियो भन्दा कमजोर हुने हुँदा यसको अन्त्य हुन जरुरी रहेको बताए । उनले अबको काँग्रेस समयले खोजेको परिवर्तनलाई आत्मसाथ गरेर अगाडी बढ्न जरुरी रहेको बताए ।

प्रमुख प्रशिक्षकको भुमिकामा कार्यकर्ता सँगै अन्तरक्रिया गर्दै आचार्यले केन्द्रीय नेताहरु जिल्ला वा जिल्लाका नेताहरु गाउँगाउँ जाँदा तल्लो तहका नेता तथा कार्यकर्ता सँग साक्षात्कार गर्न अहिलेको आवश्यकता रहेको बताए । उनले जिल्ला सम्मेलनले एउटा संकल्प बोकेको हुँदा यहाँबाट काँग्रेसको संगठन निर्माणको बाटोलाई नविकरण गरेर अगाडी बढ्न सहज भएको बताए ।

‘काँग्रेस कस्तो बनाउनुपर्छ भन्नेमा सवै कार्यकर्ता जागरुक हुन जरुरी रहेको छ । आचार्यले भने,—‘माथिल्लो तहका नेताहरुले तल्लो तहका नेता सँग समन्वय नगर्ने तल्लो तहका नेताले गाउँगाउँका कार्यकर्ता सँग समन्वय नगर्ने, यसो गरे संगठन झनै विग्रिएर जान्छ । काँग्रेस भित्रको सत्यता पनि गाउँगाउँमै छ त्यसैले संगठन निर्माण गाउँकेन्द्रीत नै गर्नुपर्छन, बल्ल मात्र यसलाई सुदृढिकरण गर्न जरुरी रहेको छ ।’ आचार्यले कार्यकर्तालाई काँग्रेसको वर्तमान अवस्था र भावी रणनितिका बारेमा प्रशिक्षण गराएका थिए । उनले अब काँग्रेसमा पुस्तान्तरण र रुपान्तरणको पनि खाँचो रहेको हुँदा सवैले त्यस प्रति सोच्न पनि जरुरी रहेको बताए ।

प्रशिक्षण कार्यक्रममा नेपालको संविधान कार्यान्वयको वर्तमान अवस्थाको बारेमा प्राध्यापक भिमनाथ बराल र नविन दाहालले उत्पादन र उद्यमशिलताको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा जिल्ला भरीका १५० जना नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी र प्रशिक्षकलाई धन्यबाद दिँदै काँग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले बागलुङ काँग्रेसको संगठन सुदृढिकरणका यस्ता प्रशिक्षणले थप टेवा पुगेको बताए । उनले आउँदा दिनमा वडा तहमा पनि काँग्रेसले प्रशिक्षणका कार्यक्रम संचालन गर्ने जानकारी दिए । कार्यक्रमको सहजीकरण काँग्रेस बागलुङका सचिव हरिहर शर्माले गरेका थिए ।

जिल्ला सम्मेलनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । देउवा सँगै पुर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, गण्डकी प्रदेशमा मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यहरु अर्जुप्रसाद जोशी, किरणराज पौडेल, मधु आचार्य चम्पादेवी खड्का, सरस्वती आर्याल तिवारी लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *