भूकम्प पीडितलाई सांसद सुवेदीको सहयोग

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्नुहुने भएको छ । शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पबाट पीडितकाको लागि एक महिनाको पारिश्रमिक प्रदान गर्ने सुवेदीदे बताउनुभयो ।

भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा उहाँ बताउनुहुन्छ । सांसद सुवेदी बताउनुहुन्छ – “विपद्मा सबैको साथ र सहयोगको आवश्यक पर्छ, यति बेला सयौँ नागरिकले ज्यान गुमाएका छन्, हजारौँले आफन्तसँगै बास, गास र कपास गुमाएका छन्, आफुले जे जति सकिन्छ त्यो सहयोग गर्न जरुरी छ, प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर जुटौं । जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोग गरौं ।’

बागलुङ क्षेन नम्बर १ प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनस्थापनामा आ—आफ्नो तर्फबाट एक महिनाको ५२ हजार २०० रुपैयाँ राहत कोषमा जम्मा गरिदिने भन्दै सबैलाई जुटनका निम्ती आग्रहसमेत गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *