पञ्चकोटमा जेसीजको बहुशाखा तालीम

आदर्श अनलाईन, बागलुङ ।
बागलुङ जेसीजको बहुशाखा तालीम बागलुङको पञ्चकोटमा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै नेपाल जेसीजका पूर्व अध्यक्ष धनन्जय कुमार श्रेष्ठले युवाहरुले सकरात्मक सोच लिएर देश विकासमा हिडनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले परिर्वतन युवाबाट मात्र सम्भब भएको भन्दै देश विकासको कार्यमा सरकारसंग हातेमालो गर्दै अगाडी बढन आग्रह गर्नु भयो । तालीममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष तथा तालीमका प्रमुख प्रशिक्षक रमेश कुमार श्रेठले जेसिजले समाज रुपान्तरणमा युवाहरुलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर हरेक वर्ष यस्ता तालिमहरु आयोजना गर्दै आईरहेको बताउनुभएको थियो । उहाँले समय समयमा हुने तालिमले युवाहरुको क्षमता वृद्धि हुने भन्दै देश र समाज परिर्वतन गराउन ठूलो भूमीका खेल्ने बताउनु भएको थियो । तालिममा पञ्चकोटका अध्यक्ष ऋषी प्रपन्नाचार्यले आध्यात्मीक ज्ञानको बारेमा बताउनुभएको थियो ।

तालीममा म्याग्दी जेसिजका पूर्व अध्यक्ष बिनय श्रेष्ठ, पर्वत जेसिजका निर्वतमान अध्यक्ष मोहन आर्चायले जेसिज अभियाको बारेमा आफ्नो अनुभव सुनाउनु भएको थियो । तालीममा बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षयता, बागलुङ जेसिजका निर्वतमान अध्यक्ष एन्जील शाक्यको स्वागत, बागलुङ जेसीजका तालीम संयोजक प्रकाश आर्चायको संचालनमा कार्यक्रमम सम्पन्न भएको थियो । तालीममा म्याग्दी पर्वत र बागलुङका १८ वर्ष देखी ४० वर्ष सम्मका ५५ जना युवाहरुको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *