योजना छनौट र प्राथमिकिकरण गरेर काम गर्नु पर्छ : मन्त्री जुग्जाली

आदर्श अनलाइन, म्याग्दी
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट र प्राथमिकिरण गरेर काम गर्नु पर्ने बताउनु भएको छ । बेनी नगरपालिका–४ सिंगाको जनचेतना युवा क्लवले आयोजना गरेको पाँचौ सिंगा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री जुग्जालीले प्रदेशका योजना छनोट, सिफारिस र बजेट व्यवस्थापनको बिवगतदेखि चली आएको हुँदा सुधार गर्नु पर्ने बताउनुभयो ।

“सबैलाई खुसी पार्न टुक्रे योजनामा बजेट छर्दा देखिने परिमाण नआएकोले यस्तो समस्याको सुधारका लागि सबैले अपनत्व महशुस गर्ने गरि योजना छनौट तथा साझा प्राथमिकता बनाउनुपर्छ,” उहाँले भन्नुभयो “टोल, वडा, पालिका र जिल्ला स्तरमा योजनाको प्राथमिकता निर्धारण गर्न सके जो कसैले पनि आफूले योजना ल्याएको भन्दै जसलिन खोज्ने होडबाजीपनि हट्ने छ र परिमाण देखिन्छ ।”

म्याग्दी जिल्लाका योजनाहरुको प्राथमिकिकरण गर्न स्थानीय तह र जिल्ला स्तरका नेता तथा सरोकारवालासँग छलफल थालिएको मन्त्री जुग्जालीले बताउनुभयो । टुक्रे योजनामा छरिने बजेट प्राथमिकताप्राप्त योजनामा केन्द्रित गर्दा छिटो काम हुने र परिमाण देखिने उहाँको भनाई छ ।
सिंगा आगेबर जोड्ने म्याग्दी नदीमाथि पुल संघीय सरकारबाट पुल बनाउन पहल गरिएको, बेनी–सुर्केमेला–थामडाडा सडक यसै वर्ष मर्मत गरिने र डाडाखेत जोड्ने सडकलाई आगामी वर्षको योजनामा समेट्ने उहाँले बताउनुभयो ।

सिंगा तातोपानी कुण्डको संरक्षणका लागि नदि नियन्त्रण योजनाका लागि चालु आर्थिक वर्षमा प्रदेश र संघीयबाट. पचास लाख रुपियाँ बिनियोजन भएको जानकारी गराउदै थप बजेट व्यवस्थापनका लागि पहल भएको उहाँको भनाई थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *